केन्द्रको बिबाद मिलाउन जनप्रतिनिधी काठमाण्डौँ

जाजरकोट ः जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको सहमतीका लागि जनप्रतिनिधीको टिम काठमाण्डौ आएको छ ।
लुहादह र सानाखोला कुन ठाउँ प्रशासकीय केन्द्र राख्ने भन्ने बिषयमा बिबाद उत्पन्न भएपछि जनप्रतिनिधीको टोली सहमती जुटाउन काठमाण्डौ पुगेको हो । शुक्रबार बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेत संग जनप्रतिनिधीलेको टोलीले छलफल गरेको थियो । ११ वटा वडा मध्य १० जना वडा अध्यक्ष , गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षले केन्द्रको बिषयमा धारणा राखेका थिए ।
८ जना वडा अध्यक्षले लुहादलका केन्द्र हुनुपर्ने पक्षमा मत राखेका थिए भने ३ जनाले सानाखोलाका विषयमा मत व्यक्ति गरेका थिए । बहुमत वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष समेत लुहादहकै पक्षमा धारणा राखेका वडा ५ का अध्यक्ष राजबहादुर शाहीले बताउनुभयो । बिवाद मिलाउन प्रदेशसभा सदस्या गणेसप्रसाद सिंह, करबीर शाही , कैशिलावती खत्री समेत काठमाण्डौँमा आउनुभएको छ ।
लुहादजुनिचाँदे गाउँपालिकाको कार्यापालिको वैठक बाट महुमत जनप्रतिनिधीले लुहादह प्रशासकीय केन्द्र बनाउने निर्णय गरेर कर्णाली प्रदेशमा असार ३० गते पठाएको थियो । कर्णाली प्रदेशले सो निर्णयलाई केन्द्र सम्मा नपठाउदा अहिले सम्मा जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको बिषयमा टुङगो लाग्न सकेको छैन् । महुमत जनप्रतिनिधीले गरेको निर्णय लत्याउदै अहिले सम्मा रोक्नुले हाम्रो कामलाइ अवरोध गर्नु भएको लुहादह केन्द्रका समर्थक जनप्रतिनिधीको भनाइ छ ।
राजपत्रमा जुनिचाँदे गाउँपालिकाको केन्द्र पराले भनेर तोकिएको थियो । जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो “ परालालाइ पायक पर्ने ठाउँ नभएको र केन्द्रविन्दु लुहादह पर्ने भन्दै गरेको निर्णय अहिले सम्म रोक्नु जनताको भावनामा खेल्नु भएको हो , यसरी लामो समय सम्म अनिर्णयको बन्दी बनाउने कार्यले बिकास विरोधी हुनु हो ”।
अहिले जनप्रतिनिधी गाउँमा , कर्मचारी सदरमुकाममा बसेर काम गरिरहेका छन् । स्थानीय सरकारका कामहरु केन्द्रको बिषयमा टुङ्गो नलाग्दा समस्य भएको छ ।










