सल्यानको दार्मा गाउँपालिकाका जेष्ठ नागरिकलाई सिरक वितरण

सल्यान,
सल्यानको दार्मा गाउँपालिकामा रहेका वृद्धवृद्धालाई गाउँपालिकाले जाडो छल्न फाइवरको सिरक वितरण गरेको छ । गाउँपालिकामा रहेका ७९ जना जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले फाइवरको सिरक वितरण गरेको हो । सय वर्ष नाघेका दार्मा ३ धुलखर्कका टीकाराम दमाईले सिरक पाएपछि निकै खुशी लागोको बताए
।
गाउँपालिकाको ६ वटै वडाका सब जेष्ठ नागरिकलाई सिरकसहित सम्मान गरिएकोे गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । जेष्ठ नगरिकहरु बोझ नभएर प्रेरणाका स्रोत भएको बताउँदै अध्यक्ष केसीले उनीहरुको सम्मान गर्नु सबैको कर्तव्य रहेको बताए ।
गाउँपालिकाले छुट्याएको २ लाखबाट कार्यक्रम संचालन गरेको प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनले बताए । ११ जना दलित समुदाय र ६८ जना अन्य गरी ७९ जनालाई सम्मान गरिएको उनले बताइन् ।










