नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा दैनिक सास्ती

सुकमाया थापा
डोल्पा , चिसो बढेसँगै यहाँको नेपाल टेलिकम बाट दिईने सेवा प्रभावित भएको छ । शौर्यउर्जाबाट सञ्चालनमा रहेका टेलिकमका टावरहरु लामो समय सम्म घाम नलाग्दा पावर अभावमा भरपर्दो सेवा दिन नसकेका हुँन् । फोन देखि , ईमेल , ईन्टरनेटका विद्यतिय पत्रबाट हुँने कामहरु समेत प्रभावित हुँदा सयौँ सेवाग्रही मर्कामा परेको बताएका छन् । बिकट भु बनोट भएको डोल्पा जिल्लामा बर्खाको समयमा अत्यधिक बर्षा,र हिउद याममा जाडो संगै घाम कम लाग्दा यहाँका टावरहरु पुर्णरुपमा सञ्चालन हुँन नसकेको टेलिकमको भनाई छ । त्यस्तै चिसोको कारण बरफ जम्दा विद्युत उत्पादनमा समेत समस्य उत्पन्न भएको बताएको छ ।
स्थानीत तहमा बैँकहरु स्थापना नहुँदा सवै कारोबार दुनैमा आएर गर्नुपर्ने समस्याले गर्दा ग्रामीण क्षेत्रका स्थानीय हैरान भएका छन् । सदरमुकाममा पनि नेटवर्कले काम नगर्दा भनेको समयमा कारोबार गर्न समस्य भएको नेपाल बैँक लिमिटेड डोल्पाले जानकारी दिएको छ ।










