मुल्य घटेपछि जापानीज चामल दुई दिनमै सकियो

जाजरकोट , चर्को मुल्य भएको भन्दै स्थानीयले खरिद गर्न नसकेको जापानिज चामल दुई दिनमै सकिएको छ ।
मुल्य समायोजन भएपछि जिल्लाको बारेकोट गाउँपालिकाका स्थानीयलले २१५ क्न्टिल चामल दुई दिनमै सकाएका हुँन् । सुरुमा रु ५६ मा जापानीज चामल बिक्री गर्नका लागि मुल्य तोकेपछि चामल बिक्री नभई थन्किएकोमा मंङ्सिर १६ गते मुल्य समायोजना गरि प्रतिकेजी रु ४४ मा बिक्री गर्न पत्राचार गरेसंगै यहाँको चामल दुई दिनमै सकिएको घाट डिपोका प्रमुख रुद्रप्रसाद देवकोटाले जानकारी दिए।
बजारको मुल्य भन्दा खाद्य डिपोमा चामलको मुल्य बढी भएपछि मर्कामा परेका स्थानीयबासीहरु मुल्य समायोजना पछि घाट डिपोमा चामल लिनेको भिड लाग्ने गरेको देवकोटाले जानकारी दिए । अहिले जापानीज चामलको ठुलो माग भएको स्थानीय नीमबहादुर सिंहले जानकारी दिए ।
मुल्य समायोजन संगै चामल लिनको भीड लागेपछि प्रहरीकै सहायाता लिएर बिक्री बितरण गरिएको देवकोटाको भनाई छ । जिल्लाका नलगाड, घोगी,चौखा, दशेरा र खलंगाका खाद्य डिपोमा मुल्य समायोजन गरिएको थियो ।
अहिले सवै ठाउँको जापानिज चामल बिक्री भएर करिव , करिव सकिएको संस्थानले जानकारी दिएको छ ।










