चुनाबी प्रतिवद्धता ः पुरा मन्त्री बस्नेतद्धारा बहुप्राविधिक शिक्षालय उद्घाटन

सञ्जय केसी

 जाजरकोट ,  जाजरकोटमा आज वहुँप्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको समन्वयमा आज देखि जाजरकोटमा बुहप्राविधिक शिक्षालयको औपचारिक उद्घाटन बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गनुभयो ।

डिप्लोमा नसिङ , फार्मेसी, एच ए, ल्याप टेक्निसियन लगाएतका प्राविधिक बिषयहरु अव जाजरकोट सदरमुकाममै पढ्न पाउँने प्रतिष्ठानकी सिनेट सदस्य सत्य पहाडीले जानकारी दिनुभयो ।
यि बिषय पढ्न यहाँका बिद्यार्थीहरु देशका बिभिन्न ठाउँमा जाने गरेका थिए । आज देखि औपचारिक रुपमा उद्घाटन भएसंगै सवै बिषयहरु जाजरकोटमै पढाई सुरु भएको पहाडीले जानकारी दिनुभयो । घर, खेतीबारी बिक्री गरेर बाहिर जिल्लामा गई पढ्ने दिनको अन्त्य भएको बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

स्थानीय सरकारले पनि बिभिन्न प्राविधिक बिषय पढ्नका लागि सहयोग गदै आएकोमा अव आफ्नै घर, आंगनमा पढ्न पाउँने अर्को अवसर मिलेरको मन्त्री बस्नेतले बताउनुभयो ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान संगको सहकार्यमा यहाँ पढाई सुरु भएको छ । देशका ठुला , ठुला सहरमा केन्द्रीत भएका सेवाहरु , सिंहदरबारको अधिकार गाउँ , गाउँमा आएझै गरी बहुप्राविधिक शिक्षालय आएको मन्त्री बस्नेतले बताउनुभयो ।

कार्यक्रममा सिनेट सदस्या तथा सांसद सत्य पहाडीले घर , आंगनमै आएको सेवा उपयोग गरी जिल्लाको जनशक्ति तयार हुनुपर्ने कुरामा जोड दिनुभयो । जाजरकोट, रुकुम, डोल्ला जिल्लाका बिद्यार्थीका लागि यो अवसर भएको उहाँको भनाई छ ।

चुनावमा लेखिएका घोषणपत्रमा उल्ल्ेख भए बमोजिम जाजरकोटका सातै बटा स्थानीय तहमा विद्युतिकरणका लागि झण्डै २८ करोड बजेट भित्रिसकेको र काम समेत सुरु हुँने तयारीमा गएको छ । सडक निर्माणका कामहरु गतिबान तरिकाले अगाडी बढेका छन् । सधै निरासा मात्र देख्ने र आफ्नो जिम्मेवारी भन्दा अकैको जिम्मेवारीमा आँखा लगाउने प्रवृती विरुद्ध यो एउटा गतिलो झापड भएको नागरिक अगुवाहरुको विश्लेषण छ ।




सम्बन्धित समाचार


error: Content is protected !!