गाडीभित्रै १६ वर्षीया किशोरी बलात्कृत

रसुवा,![]()
रसुवामा एक किशोरी गाडीभित्रै बलात्कृत भएकी छिन् । सदरमुकाम धुन्चेबाट टिमुरे जाने क्रममा शनिबार साँझ १६ वर्षीया किशोरीलाई तीनजनाले बलात्कार गरेका हुन् । बा ४ ख ४३२ नम्बरको आइचर गाडीसहित बालिका बलात्कारमा संलग्न तीनजनालाई टिमुरेबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही स्थानका २२ वर्षीय राजकुमार श्रेष्ठ छन् । उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए ।
धुन्चेबाट लिफ्ट मागेर टिमुरे जाँदै गर्दा उनीहरूले बालिकालाई गोसाइँकुण्ड गाउँपालिका ५ याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलात्कार गरेका प्रहरीले जनाएको छ । गाडी रोकेर गाडीपछाडि सामान राखिएको ठाउँमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।










