सांसद शाहीको पहलमा मृतक ऐडीको शव डोल्पा पुर्‍याइयो

काठमाण्डौँ – दाङ दुर्घटनामा मृत्यू भएका जगदुल्ला गाउँपालिका–५ का गजेन्द्र ऐडीको शव डोल्पा पुर्‍याइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलपत्र परेको उनको शव आइतबार सांसद बीरबहादुर शाहीको पहलमा डोल्पा पुर्‍याइएको हो ।

जुम्लादेखि नेपाली सेनाको हेलिकप्टरमार्फत जगदुल्ला गाउँपालिका–२ काइगाउँमा शव लगिएको हो । समय अभाव देखाउँदै शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत् गजेन्द्रको शव जुम्ला पुर्‍याइएको थियो ।

भौगोलिक विकटताका कारण आफन्तले शव बुझ्न सक्ने अवस्था नरहेपछि प्रदेश सरकारको पहलमा जगेन्द्रको शव हेलिकप्टरमाफर्त गाउँ लगिएको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।

सांसद शाहीका अनुसार मृतक गजेन्द्रको शव आफन्तले बुझेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!