सांसद शाहीद्धारा दुःख व्यक्त

काठमाडौ,  डोल्पा (ख ) का सांसद बीरवहादुर शाहीले गएराती दाङमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
आज एक वक्तव्य जारी गर्दै उहाँले शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षकको मृत्यु भएको घटनाप्रति आफू र सिङ्गो पार्टी मर्माहत भएको जनाउनुभएको छ ।

सांसद शाहीले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सवारी दुर्घटनाबाट भइरहेको जनधनका क्षति न्यूनीकरण गर्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

डोल्पा जगदुला गाउँपालिका ६ का १७ वर्षीय गजेन्द्र ऐरीको मृत्यूको खवरले अत्यन्तै दुखी भएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । एरी कक्षा ११मा अध्यायनरत हुनुहुन्थ्यो ।




सम्बन्धित समाचार


error: Content is protected !!