मानवनिर्मित संरचना जो पर्यटकमाझ लोकप्रिय छन्

नेपाल प्राकृतिक सुन्दरता र भौगोलिक विशेषताका कारण विश्वभर चर्चित छ । संसारकै अग्लो चुचुरो सगरमाथादेखि अग्ला हिमशृंखला, नदीनाला, तालतलैया र जंगलले पर्यटक तानिरहेको छ । पछिल्लो समय नेपालमा पनि यस्ता संरचना विकास भइरहेका छन्, जो पर्यटकीय आकर्षणको केन्द्रका रूपमा स्थापित हुने क्रममा छन् । स्थापित धार्मिक मठमन्दिर र पुर्खाले उपहारका रूपमा छाडेका ऐतिहासिक धरोहरबाहेक नयाँ पुस्ताको सोच र त्यसले जन्माएका अत्याधुनिक पर्यटकीय गन्तव्य यस्ता छन्

चन्द्रागिरि केबुलकार
चन्द्रागिरि डाँडो २ हजार ५ सय ५१ मिटर अग्लो छ । पृथ्वीनारायण शाहले यो डाँडोबाट काठमाडौं उपत्यका नियालिसकेपछि विजयको सपना देखेको किंवदन्ती छ । यहाँ दुई वर्षअगाडिसम्म दैनिक मुस्किलले १० जना हाइकिङ या पिकनिकका लागि पुग्थे सायद । तर, यसको यकिन तथ्यांक भने छैन । तर, निकै कम मानिस चन्द्रागिरि पुग्थे । २५ साउन ०७३ पछिको सन्दर्भ भने फेरिएको छ ।

चन्द्रागिरि हिल्स प्रालिले यहाँ केबुलकारसहित पर्यटकका लागि अन्य सुविधाको व्यवस्था गरेको छ । केबुलकारले प्रतिघन्टा करिब हजार मानिसलाई डाँडासम्म लैजाने क्षमता राख्छ । त्यहाँ भ्युटावर, मन्दिर, रेस्टुरेन्ट, सम्मेलन हल, बालबालिकाका लागि छुट्टै खेल्ने स्थानसहित अन्य संरचना निर्माण भएका छन् । यहाँ पाँचतारेस्तरको रिसोर्टसमेत निर्माणाधीन छ । चन्द्रागिरि डाँडाबाटै प्याराग्लाइडिङ र जिपफ्लायरको समेत सेवा थप्ने योजना कम्पनीको छ । उपत्यकाबाहिरबाट काठमाडौं आउने आन्तरिक पर्यटक या विदेशी पर्यटक, अब राजधानीमा एक दिन बसाइ अवधि लम्ब्याउन यो गन्तव्य सफल सावित भएको छ ।

दोधारा चाँदनी

नेपालमा मानव निर्मित संरचनाका कारण विश्व पर्यटन बजारमा चिनाउने क्षमता राख्ने थोरै संरचनामध्ये एक हो, महाकाली नदीमाथिको झोलुंगे पुल । ०६१ मा निर्माण सम्पन्न भएको यो पुलले महाकाली नदी पारिको महाकाली नगरपालिकालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसँग जोडेको छ । १ हजार ४ सय ५२ मिटर लामो यो पुल एसियाकै दोस्रो लामो झोलुंगे पुल मानिन्छ । पुल अवलोकन गर्न हरेक दिन सयौँको संख्यामा पर्यटक आउने गर्छन् । सुदूरपश्चिम क्षेत्रमा प्याकेज बिक्री गर्ने पर्यटन व्यवसायीले पनि दोधारा चाँदनी पुललाई एक पर्यटकीय प्रडक्टकै रूपमा उल्लेख गर्ने भएकाले पनि यस पुलले अन्तर्राष्ट्रिय पहिचान पाइसकेको छ ।

साँगा महादेव मूर्ति
भक्तपुरबाट काभ्रेपलान्चोक जिल्ला प्रवेश गर्ने क्रममा साँगा पुग्दा महादेवको भव्य मूर्तिले जो–कोही यात्रुलाई आफूतर्फ आकर्षित गर्छ । १ सय ४३ फिट अग्लो महादेवको मन्दिर संसारकै अग्लो शिवमन्दिरका रूपमा स्थापित भइसकेको छ । हिलटेक कम्पनीका सञ्चालक कमल जैनले निर्माण गरेको यो संरचना ७ असार ०६७ बाट सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो । करिब ७ वर्ष लगाएर निर्माण गरेको यो भव्य संरचनाले काठमाडौं आउने पर्यटकलाई एक आकर्षक गन्तव्यका रूपमा मनोरञ्जन दिइरहेको छ । यहाँ मानिस धार्मिक प्रयोजनका लागि मात्र नभई मानव निर्मित महादेवको आकर्षक मूर्तिको अवलोकनका लागि पुग्ने गर्छन् । पर्यटकको आकर्षणलाई ध्यानमा राख्दै मन्दिर परिसरमा होटेल, रिसोर्टलगायत सुविधा उपलब्ध गराइएको छ । आकर्षक पार्कमा तस्बिर लिनेहरू पनि यहाँ प्रशस्तै भेटिन्छन् । यस स्थानबाट भक्तपुर र काठमाडौंको आकर्षक दृश्यसहित हिमालसमेत अवलोकन गर्न सकिन्छ ।

शाश्वतधाम नवलपरासी

पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्दा जब तपाईं नवलपरासी, देवचुलीस्थित दुम्कौली पुग्नुहुन्छ, त्यहाँ राजमार्गबाटै देखिने एक भव्य संरचनाले तपाईंलाई आकर्षण गर्छ । यो संरचना तयार गर्न करिब १६ वर्ष लागेको थियो । अहिले हरेक दिन पर्यटकको भिड लाग्ने गरेको छ । नेपालका विभिन्न स्थानबाट मानिस आउनु त छँदै छ, भारतबाट पनि यहाँ पर्यटक आइपुग्छन् । सर्वसाधारणको अवलोकनका लागि २४ फागुन ०७३ मा खुला गरिएको थियो । यो संरचना अर्बपति उद्योगी विनोद चौधरीले निर्माण गराएका हुन् । चौधरीको यो प्रयास सफल साबित भएको छ ।

कर्णाली पुल चिसापानी, कैलाली
नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भेगसँग जोड्ने एक मात्र रणनीतिक पुल । भौतिक विकासका दृष्टिकोणबाट कर्णाली पुलको जति महत्व छ, त्योभन्दा बढी पर्यटकीय आकर्षणको केन्द्र पनि हो । कैलालीको चिसापानीस्थित कर्णाली नदीमाथि निर्माण भएको यो पुल ०५० बाट सञ्चालनमा आएको हो । एउटा पिलरको भरमा तारहरूको सहायतामा निर्माण गरिएको यो पुल ५ सय मिटर लामो र १० मिटर चौडा छ । तत्कालीन अवस्थामा करिब ३६ करोड रुपैयाँभन्दा बढी खर्च भएको यो पुल निर्माण गर्न नेपालसहित अमेरिका, भारत, थाइल्यान्ड, श्रीलंका, जापानससहित डेढ दर्जन मुलुकका प्राविधिक खटिएका थिए । हेर्दा आकर्षक भएकाले पनि यो पुल पुग्दा मानिस एकपटक सेल्फी लिन बिर्सिंदैनन् ।

लुक्ला विमानस्थल सोलुखुम्बु
तपाईं ‘युट्युब’मा गएर संसारकै खतरनाक विमनस्थल सर्च गर्नुस्, त्यहाँ भेटिने कुनै पनि सूचीमा लुक्ला विमानस्थल छुट्नेछैन । तेन्जिङ हिलारी विमानस्थल नामकरण गरिएको यो विमानस्थल ०२८ मा स्थापना भई सञ्चालनमा आएको हो । ५ सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज र हेलिकोप्टर मात्र उडानरअवतरण गर्न सक्छन् । लुक्ला विमानस्थल सगरमाथाको ढोका हो । संसारभरका साहसिक पर्यटक जसरी एकपटक सगरमाथाको दर्शन आफ्नै आँखाले गर्न चाहन्छन्, त्यसैगरी काठमाडौं–लुक्लासम्मको हवाईयात्रा पनि धेरै पर्यटकको रोजाइमा पर्छ । लुक्ला नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो ।

एभिएसन म्युजियम धनगढीरकाठमाडौं

तत्कालीन कस्मिक एयरको ग्राउन्डेड जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रियबाट विस्थापित गर्ने दुई उपाय थिए, एउटा लिलामी गरी काटकुट पारी बेच्ने र अर्को सिंगै जहाजलाई कुनै अर्को प्रयोजनमा उपयोगमा ल्याउने । इन्डोनेसियाली वायुसेवा कम्पनी लायन एयरका क्याप्टेन वेद उप्रेतीले यो जहाज खरिद गरे र यसलाई धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’को रूपमा विकास गरे । ०७१ मा यो तयार भई सर्वसाधारणको अवलोकनका लागि खुला भयो । २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा धस्सियो । मानवीय क्षति नभए पनि दुर्घटनापछि ए३३० जहाज कामै नलाग्ने गरी बिग्रियो । त्यसपछि कम्पनीले यसलाई लिलामी गयो । यसलाई पनि वेद उप्रेती ट्रस्टले खरिद ग(यो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उप्रेतीको यस अभियानलाई साथ दियो । फलस्वरूप १८ कात्तिक ०७४ देखि काठमाडौंको सिनामंगलमा भव्य हवाई संग्रहालय स्थापना भई सञ्चालनमा आयो नयाँ पत्रिकामा खवर छ।




सम्बन्धित समाचार


error: Content is protected !!