चर्चित कलाकारको तेस्रो जाजरकोट महोत्सवमा प्रस्तुती हुँने

जाजरकोट ः आशन्न पुस ११ देखि १५ गते सम्म हुन लागेको जाजरकोट महोत्सवमा राष्ट्रिय स्तरमा चर्चित कालाकारहरुको प्रस्तुती रहने भएको छ ।

कृषि,उत्पादन,व्यावसायिकरण, कला, सँस्कृति, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धन हाम्रो अभियान, आत्मनिर्भर, स्वाभिमानी,स्वच्छ, सुन्दर र समुन्नत जाजरकोट निर्माण भन्ने मुल नाराका साथ आयोजना हुन लागेको रमाइलो मेला तथा जाजरकोट महोत्सव अवलोकन गर्न आउने भारी दर्शकहरुलाइ भरपुर मनोरन्जन दिनका लागि लोकगीत, नृत्य तथा अभिनयका क्षेत्रमा मुलुक भरि ख्याती प्राप्त कलाकारहरुको उत्कृष्ट प्रस्तुतीहरु राखिने रमाइलो मेला तथा तेस्रो जाजरकोट महोत्सव आयोजक संस्था जाजरकोट उध्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णवहादुर खत्रीले बताए । उनले आफनो गायन, नृत्य र अभिनयका माध्यमवाट लाखौं दर्शक श्रोताहरुको मन जितेका कलाकारहरुले जाजरकोट महोत्सवलाइ निकै रमाइलो र मनोरन्जनात्मक बनाउने बताए ।

उनका अनुसार महोत्सवका अवसरमा चर्चित लोकगायक पुरुषोत्तम न्यौपाने, लोकगायिका प्रिया भन्डारी, सिर्जु अधिकारी, लोकगायक कुलेन्द्र विक, खुमन अधिकारी, नवीन पौडेल, शक्ति चन्द र हास्य कलाकार वेगम विक भटभटे माइला लगाएतका चर्चित कलाकारहरुको दमदार प्रस्तुतीहरु रहने छन् । यस्तै महोत्सवमा स्थानीय कलाकारहरुले पनि जिल्लाको लोकसस्कृति झल्काउने विभिन्न रोचक एवम रमाइला गीत संगीत तथा कलाहरु प्रस्तुत गर्ने अध्यक्ष खत्रीले वताए । महोत्सवमा स्थानीय कलाकारहरु जयवहादुर रावल, शेरवहादुर अधिकारी, राजु सोनाम, विपना सिंह, दुर्गा विक, शोभा अधिकारी, प्रशंसा परी, हरि वुढाथोकी लगाएतले विभिन्न प्रस्तुतीहरु दिने छन् ।

महोत्सवलाइ भव्य र सफल वनाउनका लागि सवै क्षेत्रले आफनो क्षेत्रवाट सक्दो सहयोग गर्नुपर्ने आयोजकको आग्रह छ । महोत्वसलाइ जिल्लाको व्यापार र पर्यटन प्रवद्र्धनमा सहयोगी वनाउन सवै स्थानीय सरकार, व्यापारी, जिल्लावासीहरुलाइ सकरात्मक एवम रचनात्मक भुमिकाले सहयोग गर्न अध्यक्ष खत्रीले आग्रह गरे ।





error: Content is protected !!