परिवार नियोजन गर्न देवताको डर

मुगु,
देवता रिसाउने डरले मुगुको मुगुम कार्मारोग गाउँपालिकामा पुरुषले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् । स्थायी बन्ध्याकरण त गाउँपालिकाभरि कसैले पनि गरेका छैैनन् । देवता रिसाउने डरले परिवार नियोजनका साधन प्रयोग नगरेको स्वास्थ्यकर्मीले बताउँछन् ।

स्वास्थ्यकर्मीका अनुसार, आफूले मान्दै आएको धर्मको मान घट्ने उनीहरूको तर्क हुन्छ । ‘शारीरिक रूपमा कमजोर हुने, काम गर्न, हिँड्डुल गर्न समस्या हुने उनीहरूमा भ्रम छ,’ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सिंगमल बूढाले भने ।

यहाँका पाँच स्वास्थ्य चौकी र एउटा सामुदायिक स्वास्थ्य केन्द्रमा स्थायी बन्ध्याकरण गरेको अभिलेख पाइएको छैन । अन्ध विश्वासले यस्तो अवस्था आएको बूढाको भनाइ छ । यहाँका केही महिलाले भने तीन महिने सुई डिपो प्रोभेराको प्रयोग गर्न थालेको स्वास्थ्यकर्मी बताउँछन् । मांग्री स्वास्थ्य चौकीमा दैनिक १० जनाजति महिला सुई लगाउन आउने गरेको निमित्त स्वास्थ्य चौकी इन्चार्ज गोइली खत्रीले बताइन् ।





error: Content is protected !!