घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो

 

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ बा.३ ख ३९१३ नं. को मिनीट्रक दुर्घटना हँुदा घाइते भएकाहरुको उद्धार गरिँदै । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन । तस्वीर सौजन्य ः योबिन्द्रसिंह तामाङ, रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट), रासस ।

बेत्रावती, २९ मङ्सिर (रासस) ः नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ ।

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडाँैमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर दुर्घटनामा घाइतेको उद्धार गरिँद

गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।  उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो । साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिएपनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उहाँले बताउनुभयो । घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौँ लगिएको हो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा नै खसेर सामान्य घाइते भएका थिए । सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिनुभयो । कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हँुदा सडकबाट करीब ५०० मिटर तल तादी खोलामा पुगेको थियो ।





error: Content is protected !!