नुवाकोटमा मिनिट्रक दुर्घटना ,१६ जनाको मृत्यु

नुवाकोट , नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिकाको शिखरबेँसीबाट घ्याङफेदीको सिसिपुरतर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो ।
मिनिट्रक दुप्चेश्वर गाउँपालिका– १ घ्याङडाँडाको कच्ची सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार शिखरबेँसीको सिम्टाङमा घेवा९मृतकको अन्तिम संस्कार सकेर उनीहरु मिनिट्रक चढेर फर्किदै थिए । घाइते १४ जनाको उद्दार भएको र अन्यको खोजीकार्य जारी रहेको उनले जानकारी दिए । मिनिट्रकमा ४० जना बढी सवार रहेको प्रहरीको अनुमान छ ।










