तेस्रो जाजरकोट महोत्सव

जाजरकोट , आगामी पुन ११ गते देखि १५ गते सम्म जाजरकोट खलंगामा आयोजना हुने रमाइलो मेला तथा तेस्रो जाजरकोट महोत्सवको भव्य एवम व्यवस्थित सन्चालनको लागि १५ सदस्यीय सचिवालय गठन गरिएको छ ।

शुक्रवार वाणिज्य संघको कार्यालय शान्तिचौतारामा वसेको मुल आयोजक समितिको वैठकले सचिवालय गठन संगै अन्य महत्वपुर्ण निर्णयहरु गरेको छ । जाजरकोट उध्योग वाणिज्य संघ जाजरकोटको मुख्य आयोजना तथा त्रिभुवन माध्यमिक विद्यालय,ऋब्ल् जाजरकोट, राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल कपडा तथा सिलाइ कटाइ संघ,चेम्वर अफ कमर्स जाजरकोट लगाएतको सह आयोजनामा पाँच दिन सम्म त्रिभुवन माध्यमिक विद्यालयको प्रांगण थाप्लेचौरमा लाग्ने रमाइलो मेला तथा महोत्सवका लागि यस अघि गठन भएको मुल आयोजक समितिको काम कारवाहिहरु प्रभावकारी वनाउन १५ सदस्यीय सचिवालय गठन गरिएको जाजरकोट उध्योग वाणिज्य संघका अध्यक्ष कर्णवहादुर खत्रीले वताए ।

जाजरकोट उध्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष खत्री अध्यक्ष र डाँपmे युवा क्लवका अध्यक्ष कृष्णविक्रम शाह सदस्य सचिव रहेको उक्त सचिवालयमा समाजसेवी, व्यापारी, सन्चारकर्मी, भेरी नगरपालिका र सामाजिक सस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन् । रमाइलो मेला तथा तेस्रो महोत्सवलाइ भव्य रुपमा सन्चालन गरि जाजरकोटको पर्यटन विकासमा सहयोग गर्न रमाइलो मेला तथा महोत्सव स्थल थाप्लेचौर र नयाँ वसपार्कको पुरै क्षेत्र प्रयोग गरिने अध्यक्ष खत्रीले वताए । मेला तथा महोत्सवलाइ सफल रुपमा सन्चालन गर्नका लागि जिल्ला स्थित विभिन्न स्थानीय सरकार, सरकारी निकाय, सरोकारवाला संघसस्थाहरु संग आर्थिक सहयोगका लागि अनुरोध गर्ने, मेला स्थल प्रवेशका लागि स्थानीयहरुसंग केहि शुल्क उठाउने पनि निर्णय भएको अध्यक्ष खत्रीले वताए ।

उनले विगतका केहि कम्जोरीहरुलाइ सच्याएर यो पटकको रमाइलो मेला तथा तेस्रो जाजरकोट महोत्सव जाजरकोटको इतिहास, कला, सस्कृति पर्यटन, व्यापार प्रवद्र्धनमा केन्द्रित गर्दै उत्कृष्ट रुपमा विभिन्न कलाकारहरुको प्रस्तुतीका माध्यमवाट सर्वसाधारणलाइ मनोरन्जन दिन आफुहरु लागि परेको वताए ।





error: Content is protected !!