उपल्लो डोल्पाका एक व्यक्ति हराए

सुकमाया थापा

डोल्पा :शे फोक्शुण्डो गाउँपालीका वडा नं १ का सुङजेर गाउंका स्थानीय बासि तेन्जिन लुन्डुप डोल्पाो सदरमुकाम दुनैबाट आफनो घर तर्फ फर्कने क्रममा बाटोमा हराएका छन् । तेन्जिन दुनैमा आफ्नो कामकालागि आएको र काम सकेर यहि २०७५ साल मंसिर १६ गते घरतर्फ जाने क्रममा शे फोक्सुण्डो गाउँपालीका वडा नं ८ फोक्शुण्डो तालबाट हिडेका उनी रिग्म देखि शेलापास बिचमा हराएकाले उनको खोजी गरिदिन भनेर जिल्ला प्रहरी कार्यलय डोल्पमा शे फोक्शुण्डो गाउँपालीका वडा नं १ का वडा अध्यक्ष जिग्मे लामा आफूले निवेदन दिएको जानकारी दिनु भयो ।

हराएका व्यक्तिको खोजि गर्न आएका आफन्तहरुले छाप्लोपुकमा नागरीकता र कपडा भेटेको र मान्छे नपाइएको वडा अध्यक्ष लामाले बताउनु भएको छ । वडा अध्यक्ष लामाले जिप्रकामा निवेदन दिएकाले जिल्ला प्रहरी कार्यालय डोल्पा खोजि कार्यमा जुट्न तयारी गरिरहेको र सबैतिर जानकारीहरु पठाइसकेको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिनुभएको छ ।





error: Content is protected !!