नोटबन्दीको समयमा मोदीलाई महत्वपूर्ण सहयोग गर्ने पूर्व–सचिव चुनिए भारतीय रिजर्भ बैंकको नयाँ गभर्नर

एजेन्सी,
नयाँदिल्ली– सोमबार आरबीआईका गर्भनर उर्जित पटेलको अचानक राजीनामा आयो । उनको ठाउँमा केन्द्र सरकारले भारतका पूर्व निजामति कर्मचारी शक्तिकान्त दासलाई चुनेको छ । शक्तिकान्तको कार्यकाल तीन वर्षको हुनेछ ।

दास अर्थ सचिव रहिसकेका पूर्व कर्मचारी हुन् । हाल उनी १५ औं वित्त आयोगका सदस्य थिए । पटेलको राजीनामापछि सम्भावित गर्भनरहरुको नाममा शक्तिकान्त दासको नाम पनि उल्लेख थियो ।

सन् २०१६ मा नोटबन्दीको समयमा दासले महत्वपूर्ण भूमिका निभाएका थिए ।

सन् १९५७ फब्रुअरी २६ मा जन्मिएका शक्तिकान्तले इतिहास विषयमा एमए गरेका छन् र तमिलनाडू क्याडरका आईएएस अधिकारी हुन् । उनी भारतका शेरपा–२० सदस्य पनि हुन् ।

उनले भारतको अर्थ सचिवका अतिरिक्त राजस्व सचिव र खाद्यमल सचिवको रुपमा पनि काम गरिसकेका छन् । केन्द्रीय आर्थिक मामलाका सचिवका रुपमा आफ्नो कार्यकालको दौरान शक्तिकान्त दासलाई भारतका सबैभन्दा प्रभावशाली मानिसहरुमध्ये एक मानिन्थ्यो ।





error: Content is protected !!