पुस ५ गतेसम्म स्थगित भनिएको संवैधानिक परिषद्को बैठक रातारात बोलाइयो

काठमाण्डौँ ः पुस ५ गतेसम्म स्थगित भनिएको संवैधानिक परिषद्को बैठक रातारातको निर्णयपछि बुधबार बिहान डाकिएको छ । बुधबार बिहान ९ बजेको बैठकमा पनि सयम अभाव देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

बैठकबाट बाहिरिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भने ‘बैठक बिहीबार ११ बजेसम्मको लागि स्थगित गरिएको छ ।’ रातारातको निर्णयले पुस ५ को लागि सारिएको बैठक आजै डाकिएर पर्न गएको असुविधामाथि अध्यक्ष तिमल्सिनाले क्षमा मागेका छन् ।

न्यायपरिषद्ले वरिष्ठ दुई न्यायाधीश प्रस्ताव गरेको दुई साता बित्दासमेत संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन । छलफलका लागि संवैधानिक परिषद्को बैठकसमेत बस्न सकेको छैन । प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताको कार्यव्यस्तता देखाउँदै लगातार बैठक स्थगित भएको छ ।





error: Content is protected !!