कस्मेटिकमा ज्यादै केमिक

काठमाडौँ — महिलाले दैनिकजसो प्रयोग गर्ने सौन्दर्य सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक पाइएको छ । गुणस्तर तथा नापतौल विभागले ६६ ब्रान्डका सौन्दर्य सामग्रीको परीक्षण गरी तयार पारेको प्रतिवेदनमा रसायनको मात्रा अधिक रहेको उल्लेख छ ।
गुणस्तर तथा नापतौल विभागमा रसायन परीक्षण गरिँदै । तस्बिर सौजन्य स् गुणस्तर तथा नापतौल विभाग
विभागले सबै ब्रान्डका स्वदेशी तथा आयातीत सौन्दर्य सामग्री परीक्षण गरेको थियो । त्यसक्रममा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको हो ।
थ्बmबजब
विभागका केमिस्ट अम्बिका गैरेका अनुुसार राष्ट्रिय गुणस्तर नभएकाले परीक्षणका लागि भारत, अमेरिकाको यूएसएफडीए र विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को मापदण्डलाई आधार बनाइएको थियो । ‘सौन्दर्य सामग्रीका लागि मापदण्ड नभए पनि प्रचलित विदेशी मापदण्डका आधारमा परीक्षण गरेका थियौं,’ उनले भनिन्, ‘लिपस्टिक र क्रिममा रसायनको मात्रा अत्यधिक छ ।’
प्रतिवेदनअनुसार डब्लूएचओले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम मात्रै तोकेको छ । विभागले परीक्षण गर्दा १३ हजार ९ सय ५४ पीपीएमसम्म भेटिएको छ । विभागले परीक्षण गरेकामध्ये लिपस्टिकका ७३ प्रतिशत नमुनामा र स्किन क्रिमका ७० प्रतिशत नमुनामा रसायन बढी पाइएको छ ।
विभागले ३४ स्किन क्रिमको नमुना परीक्षण गरेको थियो । सिसाको मात्रा डब्लूएचओले अधिकतम १० पीपीएम, भारत र यूएसएफडीएले अधिकतम २० पीपीएमसम्म निर्धारण गरेका छन् । परीक्षण गरिएकामध्ये ३ वटा नमुनामा सिसाको मात्रा ७० पीपीएम पाइएको थियो ।
मर्करीको मात्रा १ पीपीएम तोकिएको छ । परीक्षण क्रममा ३ वटा नमुनामा मर्करी १३ हजार ९ सय ५४।३ पीपीएमपाइएको छ । पाँचवटा क्रिममा क्रोमियमसमेत फेला परेको छ । यूएसएफडीएले क्रोमियमको मात्रा ५० पीपीएम निर्धारण गरेको छ ।
विभागले परीक्षण गर्दा क्रोमियमको मात्रा ५३।२ पीपीएमसम्म पाइएको प्रतिवेदनमा छ । केमिस्ट गैरेका अनुसार प्रचलित ब्रान्ड पपया, लोटस, ओले, नेपाली ब्रान्ड सोनाटा, डेकोर, न्यु लुकलगायतमा मापदण्डभन्दा बढी रसायन पाइएको हो । ‘१ पीपीएम हुनुपर्नेमा करिब १४ हजार पीपीएमसम्म पाइएको छ,’ विभागका निर्देशक दीपक ज्ञवालीले भने, ‘यसले प्रजनन क्षमता घटाउनेदेखि शरीरको भित्री अंगमा असर गर्छ । अन्ततस् क्यान्सरसम्म हुन सक्छ ।’ विभागले १९ वटा लिपस्टिकको नमुना परीक्षण गरेको थियो । जसमध्ये एउटामा सिसाको मात्रा बढी देखिएको उल्लेख छ ।
डब्लूएचओ, भारत र यूएसएफडीएले लिपस्टिकमा सिसाको मात्रा १० देखि २० पीपीएम हुनुपर्ने उल्लेख गरेका छन् । विभागले परीक्षण गर्दा ३५।४ पीपीएमसम्म फेला परेको छ । हेल्थ क्यानडाका अनुसार क्याडियम ३ पीपीएमसम्म मान्य हुन्छ ।
६ वटा नमुना परीक्षण क्रममा क्याडियम ४ सय २९ पीपीएमसम्म फेला परेको प्रतिवेदनमा उल्लेख छ ।
पाँचवटा नमुनामा मर्करी १९६।६ पीपीएम पाइएको छ । डब्लूएचओ र यूएसएफडीएका अनुसार १ पीपीएमसम्म मात्रै उचित हुन्छ । सिन्दूरको ५ नमुना परीक्षण गरिएको थियो । सिन्दूरमा पनि सिसा, मर्करी, क्रोमियमको मात्रा उच्च पाइएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिसामा करिब २० भनिए पनि ८ सय ४३।९ पीपीएमसम्म फेला परेको छ ।
बजारमा गुणस्तरहीन सौन्दर्य सामग्री छ्यापछ्याप्ती भेटिए पनि रोकथामका लागि कतैबाट प्रयास भएको छैन । बजारमा गुणस्तर कायम गर्ने, हस्तक्षेप, नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग र गुणस्तर विभागको हो ।
आपूर्तिलाई मूल्य तथा गुणस्तरसम्बन्धी अनुगमन र कारबाही गर्ने अधिकार छ । यी निकायले यी सामग्रीको अनुगमन गरेका छैनन् । जसले गर्दा गलत नियतले काम गर्ने व्यवसायीले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
‘नक्कली तथा गुणस्तरहीन वस्तुकै मूल्य मनपरी छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुँदा पनि राज्य संयन्त्रबाट अनुगमन र कारबाही नहुनु दुखद् हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘प्रतिकूल रासायनिक उत्पादन तथा बिक्री गर्ने व्यवसायीलाई तत्काल कडाभन्दा कडा सजाय हुनुपर्छ । स्वास्थ्यमा खेलबाड गर्नेको उत्पादन र आयातकर्तालाई रोक लगाउनुपर्छ ।’
आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले सौन्दर्य सामग्रीमा अनुगमन नगरेको स्विकारे । ‘हामीले अनुगमन गरेका छैनौं, गर्न सकिन्छ,’ उनले भने, ‘तर अनुगमन क्रममा गुणस्तर विभागकै निरीक्षक बोलाउनुपर्छ । सौन्दर्यको हकमा गुणस्तरकै दायित्व हो ।’
‘मापदण्ड नहुँदा अप्ठेरो’
गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सौन्दर्य सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड नहुँदा अनुगमन र कारबाही गर्न नसकेको बताए ।
गलत नियतले काम गर्ने व्यवसायीलाई छिट्टै कानुनी दायरामा ल्याइने उनको भनाइ छ । ‘यस विषयमा विशेषज्ञता तयार गर्ने, तोकिएको मापदण्ड पूरा गरेको वस्तु मात्रै स्वदेशी वस्तुमा आउने वातावरण बन्ने गरी मापदण्ड बनाउँछौं, भन्सार विभागमा पनि पत्राचार गर्छौं,’ उनले भने, ‘चालु वर्षभित्रै मापदण्ड बनाएर राजपत्रमा प्रकाशित गर्छौं । त्यसपछि भन्सारबाटै नियन्त्रण गर्छौं ।’
विभागमा कर्मचारी अभावले पनि समस्या भइरहेको उनले बताए । यद्यपि भएका कर्मचारीलाई परिचालन गरेर प्रभावकारी बनाउने उनले दाबी गरे । ‘विभागमा ८९ जनाको दरबन्दी भए पनि ४० जना मात्रै अफिसर छन् । जसमध्ये १४ जना केमिस्ट छन्,’ उनले भने ।
सौन्दर्य सामग्रीसम्बन्धी सार्क मुलुकको संस्थाले श्रीलंकालाई प्रतिवेदन बनाउन दिएको छ । उक्त प्रतिवेदनको मास्यौदामा नेपालले टिप्पणी गर्नेछ । ‘त्यसमा कुनरकुन कच्चा प्रदर्थ प्रयोग गर्ने र गर्न नहुने सूचीकृत हुन्छ,’ उनले भने, ‘सोही आधारमा हामी पनि बनाउँछौं ।’








