किसानलाई प्रोत्साहन गर्न १५ रोपनी क्षेत्रफलमा गाउँपालिकाको तरकारी खेती

सल्यान,
सल्यानको दार्मा गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न आफै तरकारी खेती सुरु गरेको छ । गाउँपालिकाले व्यावसायिक खेतीले किसानको मन जित्न र बजारीकरणमा पहुँच पुर्‍याउन नमुना कृषि फार्ममार्फत तरकारी खेती सुरु गरेको हो ।
‘वडा नम्बर ३ मा पर्ने १५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेका छौँ,’ गाउँपालिका अध्यक्ष निम बहादुर केसीले भने, ‘तरकारी खेतीलाई व्यावसायिक बनाउन पाँच लाख लगानीमा काम सुरु गरेको हौँ ।’

गाउँपालिकाले हिउँदे सिजनमा मुला, गाँजर, पालुङ्गो लगायत तरकारी रोपेको छ । खेतीबाट बिउँ र तरकारी उत्पाादन जोड दिएका छौँ दार्मा गाउँपालिकाका कृषि प्राविधिक केशव केसी बताए ।

गाउँपालिकाले प्रांगारिक मलको प्रयोगमार्फत खेती गरिरहेको छ । प्राविधिक केसीले भने, ‘रोग नियन्त्रण गर्न वनस्पती विषादी बनाइएको छ ।’

गाउँपालिकाले तरकारी खेती गर्ने भएपछि स्थानीय कृषकले हेर्न बाक्लो उपस्थिती रहेको थियो । गाउँपालिकाले फार्म संचालन गरेर तरकारी खेती गरेपछि आफूहरु हौसिएको दार्मा ३ डाँडागाउँका जग बहादुर केसीले बताए ।





error: Content is protected !!