बर्षा यामले क्षति पु¥याएका बाढि पिडितले पाए राहत

सुकमाया थापा
डोल्पा , बर्षा यामले क्षति पु¥याएका बाढि पिडितले राहात पाएका छन । हिमाली जिल्ला डोल्पामा बर्षायामको समयमा घरहरु गुमाएका पिडितहरुले सरकारबाट थोरैमात्रामा भएपनि राहात पाउन थालेका छन । यहि मिति २०७५मा अत्याधिक मात्राको अबिरल बर्षाले गर्दा बाढि पहिरो तथा आगलागिबाट पुर्ण तथा आसिक क्षति बेहोरेका पिडितहरुलाइ राहात दिन लागिएको छ ।
जिल्ला दैबिक प्रकोप उद्धार तथा राहत कोषबाट आसिक रुपमा क्षति पुगेका पिडितहरुलाइ ५ हजार रुपैया र पुर्ण रुपमा क्षति भएका पिडितहरुलाइ १० हजार रुपैया उपलब्ध गराएको जिल्ला दैबिक प्रकोप उद्धार कोष डोल्पाले जनाएको छ ।
यस आर्थीक बर्षमा आगलागि, बाढि पहिरो तथा अन्ने कारणले गर्दा दैबिक प्रकोपमा ५८ वटा निबेदनहरु जिल्ला प्रशासन मा राहातकोलागि प्रमानित भएको जिल्ला प्रशासन कार्यलय डोल्पाले जानकारी दिएको छ ।
कोषमा रकम मैजात कम भएकाले ५८ वटै घरपरीवरलाइ राहात उपलब्ध गराउन नसकेको शाहेक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले जानकारी दिनुभएको छ । बर्षाको समयमा दैबि प्रकोप मा पिडित परेका घरपरीवारले भदौमा निबेदन दिएपनि थप बजेट मन्त्रालयबाट निकासा हुन ढिलो भएपछि निबेदन परेको ४ महिना लागेको शर्माले बताउनु भएको छ ।
अत्याधिक बर्षाका कारण पहिरोले घर गुमाएका त्रिपुरा सुन्दरी नगरपालीका वडा नं २ रसिका नामकाङ्ग बैजि र वडा नं ७ पाहाडाकि हिमाली खत्रिको पुर्ण क्षतिको १० हजार चेक हस्तान्त्रण गरीएको छ । थोरै भएपनि सरकारले आफु पिडित बन्दा राहात दिएकोमा निकै खुसि भएको बताएकी छन ।
दैबिक प्रकोपबाट धेरै घरपरीवारले क्षति बेहुर्नु परेको पहिलो बर्ष भएको जिल्ला प्रशासन कार्यलयका नायब सुब्बा धर्मराज शाहीले बताउनु भएको छ । शाहीका अनुसार ५८ वटा ले राहात पाउने भएका छन र अझै निबेन कार्यलयमा दर्ता भइरहेको बताएका छन ।
यस्ता क्षति ग्रस्त पिडितहरुले सरकारी राहात प्रकृयाको जानकारी नभएको र कागजादि काम ले समय लामो हुने भएको हुदा पिडितले क्षतिपुर्तिको लागि पहल नगर्ने गरेको पाइन्छ ।








