शंकास्पद सम्मेलन नेपालमै किन ः यस्तो छ विवादित चर्चको नेपाल कनेक्सन

काठमाडौँ ः एसिया प्यासिफिक समिट २०१८ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। विभिन्न देशले अस्वीकृत गरेको भनिएको शंकास्पदु सम्मेलन नेपालमै किन भयो , विज्ञहरुले यसलाई शंकाको दृष्टिले हेरेका छन् ।
परराष्ट्र क्षेत्रका विज्ञ एवम् पूर्वराजदूत डा।दिनेश भट्टराईले समय, स्थान, सन्दर्भ र शैली नमिलेको यस सम्मेलनले धेरै प्रश्न उब्जाएको बताए ।
ुसुरुमा यो सम्मेलनको आयोजकमा नेपाल सरकारलार्इ राखिएको थियो, पछि हटाइयो,ु उनी भन्छन्, आयोजकमा सरकारको नाम कसले राख्यो रु र पछि कसले हटायो भन्ने प्रश्नको उत्तर अझै आएको छैन । सरकारले यसको चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ ।ु
डा भट्टराईका अनुसार विभिन्न देशमा अस्वीकृत कार्यक्रम नेपालमा ल्याइनुमा सरकारकै कमजोरी छ। विभिन्न लालचमा पारेर देखाएको सरकार र त्यसका अधिकारीलाई कसैले प्रयोग गरिरहेको उनको दाबी छ।
त्यस्तै पूर्वपरराष्ट्र सचिवसमेत रहेका परराष्ट्र मामिलाका अर्का विज्ञ मधुरमण आचार्य यस्तो सम्मेलनमा सरकार नै संलग्न हुने कुरा सही नभएको बताउँछन्। उनका अनुसार विभिन्न देशका विवादित पृष्ठभूमि भएका व्यक्ति र आईएनजीओ सञ्चचालकलाई दलबलसहित उपप्रधानमन्त्रीद्वारा स्वागत गराउँदा मुलुक र मुलुकको कुटनीति कमजोर देखिएको छ।
‘अरु कुनै मुलुकमा हुन नसकेको सम्मेलन यहाँ भएको छ। यसको कारण हो, राज्य संयन्त्रको कमजोरी’ अचार्यले भने, ‘सरकारले कुन ढंगले कूटनीति अघि बढाउन खोजेको हो, बुझिएन । यो कदम राज्यलाई गति दिनेभन्दा जे गरे पनि हुन्छ भन्ने शैलीको देखिन्छ।’
आईएनजीओको सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनालार्इ उपप्रधानमन्त्री र्इश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए। यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरु बताँछन् ।
जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको आलोचना गरेका थिए । सार्क र बिम्स्टेक शिखर सम्मेलनमाझैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको छ। तर, यो सरकारको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम पनि होइन।
नेपाल आएका केही पाहुना आफैँमा विवादित पनि छन् । हुन सेन त्यहाँ भएको निर्वाचन नै विवादमा परेको मुलुक कम्बोडियाका प्रधानमन्त्री हुन्। आङ सान सूकी रोहिंज्याहरुमाथि भएको दमनका कारण विश्वव्यापी रुपमै आलोचित छिन्। उनलाई दिइएका कतिपय सम्मान पनि खोसिएकाका छन् । अन्य पाहुना टापु मुलुकका छन्, जोसँग नेपालको गतिलो द्विपक्षीय सम्बन्ध र साइनो समेत छैन।
विवादित चर्चको नेपाल कनेक्सन
यस सम्मेलनको आयोजक हो दक्षिण कोरियास्थित युनिभर्सल पिस फेडेरेसन ९युपिएफ० । यसको नेपाल च्याप्टरका अध्यक्ष हुन् पूर्वमन्त्री एकनाथ ढकाल । उनी गत निर्वाचनमा जमानत जफत भएको परिवार दलका अध्यक्ष पनि हुन् । यसबाहेक यही संस्थासँग सम्बन्ध रहेको अर्को संस्था कार्प नेपालमा पनि सञ्चालनमा छ, जसले सन म्युङ मूनको ‘डिभाइन प्रिन्सिपल’ लगायतको प्रचार गर्छ।
यो आईएनजीओका संस्थापन हुन् कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र विवादित व्यक्ति सन म्युङ मून। उनको निधन सन् २०१२ मा निधन भएको थियो।
मुनको सञ्जाल जापान, उत्तर कोरिया, दक्षिण कोरियादेखि अमेरिकासम्म फैलिएको छ। मृत्युपछि मुनको साम्राज्य हाल उनकी श्रीमती र सन्तानहरूले सम्हाल्दै आएका छन्। मुनकी श्रीमती तथा युनिफिकेशन चर्चकी प्रमुख हक जा हन मुन विहिबार नै काठमाडौं आइपुगेकी छिन्। क्रिश्चियन धर्ममा उनी प्रभावशालीमध्येकी एक हुन्।
मुनले सञ्चालन गरेको युनिफिकेसन चर्च शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान हो। जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न आफूलाई खटाएको दावी उनी गर्थे। उनका अनुयायीहरूले जीवन साथी चुन्ने अधिकार उनलाई छाडिदिन्छन्। नवविवाहित दम्पतिले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मुनको चित्र अगाडि बसेर निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने निर्देशन उनी दिन्थे। मूनबारे जान्न यहाँ जानुस्।
आफ्ना १७ वर्षीय छोराको कार दुर्घटनामा मृत्यु भएपछि पनि मृत छोराको बिहे गराइदिएका थिए। किनकि उनी आफैँले शिक्षा दिँदै आएका थिए, विवाहितले मात्रै भगवानको राज्यमा प्रवेश पाउँछन् ।ु कर छलेको अभियोगमा उनी १८ महिना जेलसमेत बसेका थिए।
उनले स्थापना गरेको न्युज वर्ल्ड कम्युनिकेसन्सको स्वामित्व सन् २००९ यता उनका छोरा ह्युन जिन मूनको हातमा छ। मुनले छोडेर गएको विशाल व्यावसायिक, राजनीतिक र धार्मिक साम्राज्य अहिले उनका सन्तानले सम्हालिरहेका छन्। र, उनका एकजना छोरा जस्टिन मून अमेरिकाको हतियार उत्पादन कम्पनी ‘क्हर आर्म्स’ का मालिक छन्।अन्नपुर्ण लेख्छ ।








