पार्टी सुदृढीकरणमा भातृ संगठनको कसरत

डोल्पा , गुट उपगुटका कारण कमजोर बन्दै गएको डोल्पाकांङ्ग्रेसलाई बलियो बनाउनभातृ संगठन जुटेकाछन् ।
जिल्लाका नेतृत्वहरुलाई गुट उपगुटमा नलागिएक ढिक्का भएर संठन सुदृढिकरणमा अगाडी बड्न पार्टी निकटभातृ संगठनहरुले आग्रह गरेकाछन् ।
नेपालशिक्षक संघको आयोजनामात्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गतमापर्ने बगर बजारमागरिएकोकार्यक्रममाभातृ संगठनका जिल्ला नेतृत्वहरुले माउ पार्टीका नेतृत्वहरुलाई सुझाएकाहुन् ।
पार्टीप्रतिअपनत्वको भाव पैदा नहुँनुका साथै नेतृत्वबर्गमाब्यक्तिगत स्वार्थकाकारण पार्टी कमजोर बन्दै गएको र कतिपयकार्यकर्तामाबिचलन समेत आउनथालेकाले ब्यक्तिगत स्वार्थ र गुट उपगुट त्यागेर एक ढिक्का हुनुको बिकल्पनभएको नेपालबिद्यार्थी संघका केन्द्रिय सदस्य पुर्ण बहादुर शाहीले बताए ।
कार्यक्रममाबोल्दै पुर्व पार्टी सभापति टंकप्रसादउपाध्यायले केन्द्र देखि जिल्लातहसम्म गुट उपगुट भएको स्विकारगर्दै भातृ संगठनले दिएको शुझाव सकारात्म र समय सान्र्धबिकभएकाले अबकादिनहरुमा नेतृत्वबर्गहरु सच्यिर पार्टी पंतिमा बड्ने प्रतिबद्धता जनाए ।
निर्वाचनमाजिल्लाका आठवटै स्थानीयतहमालज्जास्पदहार ब्यहोरेपछि आगामीनिर्वाचनकालागिजनता रिजाउनथाल्नुका सट्टा गुट उपगुटमा बिभक्तभई निष्प्रभाबकारी भुमिकामा रहेको काँग्रेसका पुरानाकार्यकताहरुको भनाई छ ।
पार्टीलाई एक ढिक्का बनाउने भातृ संगठनहरुको भेलामा पार्टी सभापतिअंगतकुमार बुढाकै उपस्थितिनहुनुले काँग्रेस पार्टीको नेर्तत्वहरु अझै गुट उपगुटमा सिमित रहेने कार्यक्रममा सहभागी एक नेताले बताए ।
नेपालशिक्षकसंघका जिल्लाअध्यक्ष सत्यनारायण सिँहको सभापतित्वमा सम्पन्न भेलामापार्टीकापुर्व सांसद,पार्टी सचिव,महासमिती सदस्य,महाधिबेशनप्रतिनिधिलगाएततरुण दल,नेपालबिद्यार्थी संघ,ट्रेड युनियन,महिला संघको जिल्ला नेतृत्वहरुको बाग्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुझावदिनकोलागिकाँग्रेसबाट निर्वाचित स्थानीयतहकाजनप्रतिनिधिहरुले समेत सहभागिता जनाएकाथिए।








