३२ वर्षमै सात सन्तानकी आमा

मुगु,
मुगुको खत्याड गाउपाकिा, २ गाडेखोला गाउँकी दुधशीला भ्याल ३२ वर्ष पुरा भइन् । उनको १५ वर्षको कलीलो उमेरमा विवाह भएको थियो । यतिबेला उनी सात सन्तानकी आमा छिन् ।

दुधशीलाको श्रीमान रडक भ्याल मजदुरि गरेर सात सन्तानको पालनपोषन गर्दै आएका छन् । ‘कलीलो उम्मेरमा विवाह भयो, एक वर्ष मै छोरीको जन्म भयो’ दुधशिलाले भनिन् ।

 

 

 

 

घरको अन्नले दुई महिनासम्म खान पुग्ने उनको परिवारमा ७ छोराछोरी सहित ११ जना छन् । उनिहरुको पालनपोषण र लुगाफाटोको लागि वर्षभरि मजदुरि गर्नुपर्ने भ्याल दम्पतीलार्इ बाध्यता छ । परिवार नियोजनका साधनबारे जानकारी नहुँदा वर्षेनी सन्तान जन्मेको उनले बताइन्।

छोराछोरी पढाउन मन छ

गत माघमा जन्मीएका जुम्ल्याहा छोराछोरीमध्ये एउटालार्इ काख र अर्कोलाई पिठ्युमा बोकेर दुधशीलाले भनिन्, ‘ यिनलाइ हुर्काउन मुस्किल भयो, पढाइलेखाइ त कस्ले गराइदेला रु’

जेठी छोरी कक्षा ९ मा र छोरा कक्षा ८ मा अध्यन गरिरहेका छन् । अर्को ८ वर्षको छोरा गोपाल भ्याल गाउँकै श्री भैरव प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययन गरिरहेको छ ।

उसलार्इ अवसर परियोजना नामक गैह्र सरकारी संस्थाले छात्रवृति, पढाइ खर्च सहयोग गरेको श्री भैरब प्रा.वि की प्रधानाध्यापक माया खड्काले बताइन् ।

 

 

 

 

 

परिवार नियोजन साधनबारे बेखबर

सात सन्तान जन्माइ सक्दासमेत परिवार नियोजनको साधन प्रयोग नगरेको दुधशीलाले बताइन् । ३२ वर्षको उमेर भयो कुनै औषधी खाएकी छैन् उनले भनिन्, ‘साथीहरुबाट सुनेकी छु तर प्रयोग गरेकी छैन्।’

दुर्गम गाउँबस्तिका अधिकांस महिलाहरुमा परिवार नियोजनका साधन प्रयोग गर्दा कमजोरि हुन्छ भन्ने अन्धविश्वास रहेको स्वास्थ्य चौकी सेरीमा कार्यरत अहेब गगन बुढाले बताए ।





error: Content is protected !!