लोकेन्द्र शाह पत्रकारीता पुरस्कार चलाउने र पन्त लाइ

जाजरकोट ः नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले हरेक वर्ष प्रदान गर्ने स्व।लोकेन्द्र शाह पत्रकारीता पुस्कारवाट जाजरकोटमा दुइ पत्रकार सम्मानित भएका छन् । ५ हजार रासीको उक्त पुस्कारवाट नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका पुर्व सचिव लाल प्रभात चलाउने र सगरमाथा टेलिभिजनमा कार्यरत पत्रकार वद्री पन्त सम्मानित भएका हुन् । 
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको नवौं साधारण सभाको अवसरमा वुधवार सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा पत्रकारद्धय पन्त र चलाउनेलाइ महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले दोसल्ला, माला सहित ५ हजार नगद र सम्मान पत्र वितरण गरे । तीन वर्ष अघि महासंघले स्थापना गरेको उक्त पुस्कार पत्रकारीता गरिरहेका पत्रकारलाइ वितरण गर्ने गरिएको महासंघका सचिव हेमन्त केसीले बताउउनुभयो । उहाँले एक वर्ष पुरस्कार वितरण गर्न छुटेकोले यस वर्ष दुइवटा पुरस्कार एकै पटक दिइएको बताउनुभयो । अर्को वर्ष देखि वार्षिक रुपमा एक जनालाइ मात्र पुरस्कार दिइने उहाँले बताउनुभयो ।
पत्रकार महासंघका सचिव तथा पुरस्कार छनोट समितिका संयाजक हेमन्त के सीको नेतृत्वमा भएको वैठकले चलाउने र पन्तललाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कारले आफुलाइ पत्रकारीता क्षेत्रमा अझ शसक्त भएर लाग्ने प्रेरणा मिलेको पुरस्कारवाट सम्मानित पत्रकार वद्री पन्तले बताउनुभयो । आफुले गरेको कामको सहि मुल्यांकण गरेर महासंघको साधारण सभामा सम्मानित गर्ने सवैलाइ धन्यवाद दिन्छु, पन्तले भन्नुभयो । पन्त विगत १० वर्ष देखि जाजरकोटलाइ कार्यक्षेत्र वनाएर पत्रकारीता गरिरहेका छन् । तीन वर्ष देखि वितरण भइरहेको उक्त पुरस्कारवाट पहिलो पटक भीमवहादुर सिंह सम्मानित भएको थियो ।








