जनावरले पनि गर्छन् कमेडी, यी ११ तस्बिर हुन् प्रमाण

एजेन्सी ,बीबीसी

आफ्नो दुई खुट्टा माथि उठाएको र अनुहारमा अचम्मको भाव देखाएको लोखर्केको यो तस्बिर सन् २०१८ को ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ पाएको छ ।
यसलाई क्यामरामा कैद गरेका छन् फ्लोरिडाकी फोटोग्राफर मेरी म्याकगोवन । यो तस्बिरको शीर्षक हो ‘कट इन एक्ट’ ९अर्थात्, कुनै व्यवहार गरिरहेका बेला समातिनु।
हामी यस्तै केही तस्बिर देखाइरहेका छौं जसले ‘कमेडी वाइल्ड लाइफ फोटोग्राफी अवार्ड’ ले सम्मानित गरिएको छ जसको निकै तारिफ गरिएको छ ।

शेन कीनाको यो तस्बिरले ‘क्रिएचर अफ दइयर’ अवार्ड प्राप्त गर्यो । तस्बिरमा एक उल्लु लुकेर खेलिरहेको जस्तो देखिन्छ ।

तान्या हापरम्यानलाई यो हाँसिरहेको ह्वेलको तस्बिर खिचेका कारण अवार्ड दिइएको छ । उनलाई तस्बिरका लागि ‘अन्डर सी क्याटगोरी’ मा अवार्ड दिइएको हो।
भारतको पंजाबको कपूरथलामा खिचिएको यो तस्बिरलाई अर्शदीप सिंकले आफ्नो क्यामरामा कैद गरेका थिए । उनले यसका लागि जुनियर क्याटगोरीमा अवार्ड दिइएको छ ।

वल्टेरी मल्काहिनेनलाई यो तस्बिर खिचेका हुन् र यसलाई ‘इन्टरनेट पोर्टफोलियो’ क्याटगोरीमा अवार्ड दिइएको छ ।

तस्बिर हेर्दा यस्तो लाग्छ कि गैंडाको मयुरको जस्तै प्वाँख छ र ऊ आफ्नो यस्तो स्वरुपको मजा लिइरहेका छन् ।
यो सुन्दर तस्बिरलाई पश्चिम बंगालको गोरुमारा नेशनल पार्कमा लिइएको हो । भारतको कलोल मुखर्जीले यो तस्बिरलाई आफ्नो क्यामरामा कैद गरेका हुन् ।
लाजले मुख लुकाउँदै गरेको यो भालूको तस्बिरलाई डेनिएल डिएमोले अलास्कामा खिचेका हुन् ।
स्वालबार्डमा फोटोग्राफी सिकिरहेको भालुको यो तस्बिरलाई क्यामरामा कैद गरेका छन् रोनी गेलिट्जले ।
स्विडेनको सुनौली रंगको लोखर्केको तस्बिर गिर्ट वेगेनले खिचेका हुन् ।
एक–अर्कालाई अँगालो हालेर यी छेपारो लडिरहेका छन् वा प्रेम व्यक्त गरिरहेका छन्, त्यो बुझ्न मुश्किल छ । तर एक्सनले भरिपूर्ण यो तस्बिरलाई खिचेका छन् सरगेव सावीले ।
यो तस्बिरलाई सरगे सावीले क्यामरामा कैद गरेका हुन् ।










