उद्यमीको हातमा स्थानीय उत्पादन

सुकमाया थापा
डोल्पा ः हात , हातमा यहाँका किसानहरुको आलु चिप्स, ओखर, स्याउका चाना, तरकारी फलफल लगायतका उत्पादित वस्तुहरु वोकेर प्रर्दशनी स्थलमा प्रवेश गदै गर्दा जो कोहीले पनि डोल्पामा उद्यमीको संख्य थपिएको अनुमान लगाएका थिए । किसानहका स्थानीय उत्पादनले प्रर्दशनी स्थल झकी झाकाउ मात्र थिएन् , डोल्पाको पहिचान झल्काउने खालको मौलिकता सिर्जना भएको देखिन्थ्यो । किसानहरुका खुसी र हर्षका अनुहार , आफैल उत्पादन गरेको वस्तुले व्यावसायिक प्रतिस्पर्दाको कुराले झन सवैका मन खुसी भएका थिए । उत्पादनमा व्यावसायिकता झल्किन्थ्यो । आलु चिप्स, फलफुल तथा तरकारी ब्यवसाहि उधेगले स्याउका चना, ओखर आरुपोखराको अचार, आरुको अचार स्वीटर, गलबन्धि, कुर्थासुरुवाल, १२ हाते लामो पटुकि लगाएतका समानहरु प्रर्दशन को मुख्य आक्रर्षण रहेको थियो ।
उद्योग रोजगार समृद्धिको आधार भन्ने मुल नाराका साथ घरेलु तथा साना उधोग विकास समिति डोल्पाको आयोजनामा डोल्पामा तेस्रो उद्योग दिवस माइएकोे छ । ठुलीभेरी नगरपालीका वडा नं. ३ तथा डोल्पाको सदरमुकाम दुनैमा उधोग र रोजगार समृद्धिको आधार भन्ने मुल नाराका साथ उद्योग दिवस मनाइएकोे उधोग अधिकृत मोदनाथ ज्ञावलीले जानकारी दिनुभयो । उद्यमीहरुको हातले काम गर्न गारो भएको उल्लेख गर्दै समान उत्पादनको लागि मेसिन चाहिने भनाइहरु राखेका थिए ।
हिमाली जिल्ला डोल्पामा प्राकृतिक सौन्दर्यतले निकै धनि मानिएपनि भुबनोटको कारणले गर्दा कुनैपनि काम गर्न निकै कठिन रहेको छ त्यहि कठिनाइका बाबजुत पनी डोल्पाली महिला÷पुरुषहरु घरेलु उधोग प्रति निकै उत्साहित देखीएका छन । दिवस कार्यक्रममा उपस्थित मध्ये ९० प्रतिशत महिलाहरुको सहभागिता रहेको थियो । दिवस मनाउने क्रममा उद्योगीहरुले आफ्ना समस्याहरु सुनाएका थिए ।










