जीप दुर्घटनामा मृतक प्रति सदरमुकाम दुनैमा सामुहिक श्रदान्जली शोक सभा,घटनाको छानविनको लागि

लेख बुढा

डोल्पा  सदरमुकाम दुनै बजारको विरेन्द्र चोकमा जीप दुर्घटनामा मृतु भएका प्रति जिल्लाका विभिन्न व्यक्तीत्वहरुले एक मिनेट माैैैनधारण गरी मृतकहरुको फोटोमा अविर फुल चढाएर सामुहीक श्रद्धान्जली व्यक्त गरेका छन । यहि कार्तिक १९ गते ठुलीभेरी नगरपालीकाको कालागौडामा भएको १० जनाको घटना स्थलमै ज्यान गएको थियो भने एक जना अझै व्यपत्ता अवस्थामा रहेकी छन ।

जीप दुर्घटना भएको विहिवार ११ औँ दिनको अवसर परेर डोल्पा जिल्लामा ठुलो दुर्घटना भएको र यस दुर्घटनाबाट जिल्लाले होनाहार व्यक्तीत्व गुमाएका भन्दै मैन वत्ती बाली श्रदान्जली व्यक्त गरीएको हो । विहिवार सदरमुकाम दुनैको विरेन्द्र चोक मा गरीएको सामुहीक शोक सभामा नागरीक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टि नेकपा का केन्द्रीय सदस्य हँस बहादुर शाही जिल्ला समन्वय समितिका प्रमुख शेर बहादुर बुढा, मिशन नेपाल डोल्पाका सँयोजक ओमेन्द्र केसी लगायत जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी सँघ सस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार स्थानीय बासिन्दाकाे सहभागिता रहेकाे थियाे ।





error: Content is protected !!