नगर गतिविधि मोबाइलमै

जाजरकोट — जिल्लाका दुई स्थानीय तहले आफ्ना सबै गतिविधि मोबाइलमै हेर्न र पढ्ने मिल्ने बनाएका छन्  । छेडागाड नगरपालिका र भेरी नगरपालिकाले नगरको नाममा मोबाइल एप्लिकेसन निर्माण गरेर त्यसैमार्फत नगरपालिकाका सबै गतिविधि र सेवा प्रवाह सम्बन्धी जानकारी दिन थालेका हुन्  ।

छेडागाड नगरपालिकाले केही समयअघि र भेरी नगरपालिकाले आइतबारबाट एप्लिकेसन सार्वजनिक गरेको हो ।

पहिलो पटक अपडेट गरेपछि मोबाइल एप्लिकेसनबाट इमेल ,इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको बेला पनि सेवाग्राहीले सम्पूर्ण सेवा तथा गतिबिधिबारे जानकारी लिन सकिने बनाइएको छ । मोबाइल एप्लिकेसन सूचना तथा सञ्चार विभाग र एलजीसीडीपीको साझेदारीमा निर्माण गरिएको छेडागाड नगरपालिकाले जनाएको छ ।

‘नगरवासीले सजिलैसित नगरका गतिविधि तथा सेवा सुविधाको बारेमा जानकारी लिऊन् भन्ने हाम्रो उद्देश्य हो,’ भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले भन्नुभयो , ‘नगरका अधिकांश बासिन्दासँग स्मार्ट फोन भएकाले एप्लिकेसन निर्माण गरिएको हो ।’





error: Content is protected !!