छाला सुक्खा हुनबाट जोगाउन

जाडोयाममा छालामा सुक्खापन उत्पन्न हुन्छ । जसले शारीरिक सौन्दर्यमा निकै असर पार्दछ । छालामा आउने यस्तो समस्याबाट जोगिन विभिन्न क्रिमको प्रयोग गरिन्छ । जुन केही समयका लागि मात्र उपयोगी हुन्छ । फेरि अर्कोपटक प्रयोग गर्न अनिवार्य हुन्छ । सुक्खा छालाको यो दीर्घकालीन मौसमी समस्याबाट छुटकारा पाउन विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ ।

(छालामा आउने सुक्खाको कारण छालामा पानीको मात्रा घट्नु हो । तसर्थ, जाडोमा सकेसम्म नुहाउँदा साबुनको प्रयोग नगर्ने र तेलको अत्यधिक प्रयोग बन्द गर्नुपर्छ । यसको सट्टामा चिसो तौलियाले बिस्तारै छालालाई पुछ्नुपर्दछ । यसो गर्दा छालामा हुने सूक्ष्म प्वाल, जसलाई पोर्स भनिन्छ, ती खुल्छन् र प्वालबाट श्वासप्रश्वास हुन्छ । तौलियाले यसरी पुछ्दा छालासमेत सफा रहन्छ ।

(चिसो तौलिया प्रयोग गर्नाले छालाको रोगबाट राहत पाउन सकिन्छ । तर, यदि समस्या पुरानो अर्थात् बल्झिएको छ भने माटोको प्रयोगबाट पनि हामी छालामा आउने अत्यधिक सुक्खापनबाट बच्न सक्छौँ ।
(शरीरमा माटोको लेप लगाउनु एकदमै गाह्रो कुरा हो । अहिले बजारमा विभिन्न औषधि र कोल्ड क्रिम उपलब्ध छन् । तर पनि घरायसी रूपमा आयुर्वेदिक तरिका अपनाउने हो भने यो एकदमै लाभदायी हुन सक्छ । तर, माटोको लेप बनाउँदा ख्याल पु¥याउनु आवश्यक हुन्छ । प्रयोग गरिने माटो धेरै सफा हुनुपर्दछ, त्यसमा अन्य दोस्रो वस्तुको सम्मिश्रण हुनुहुँदैन । यसका लागि चम्किलो र पहेँलो माटो उत्कृष्ट मानिन्छ । यसको सट्टामा बजारमा पाइने मुल्तानी माटो पनि प्रयोग गर्न सकिन्छ ।

(माटोको लेप बनाएर शरीरमा लगाउँदा छाला नरम र सफा हुन्छ । यसले छालालाई अन्य केही असर पु(याउँदैन । शरीरमा माटोको लेप लगाएपछि दुई–तीन घन्टा घाममा बस्नुपर्छ । पछि गएर छालालाई असर नपर्ने गरी रगडेर तीन–चारचोटि पखाल्नुपर्छ । यसरी छालामा आउने अनावश्यक सुक्खापनबाट छुटकारा पाउन सकिन्छ ।





error: Content is protected !!