रारा तालनजिकै जंगलमा बेवारिसे शव भेटियो

कालिकोट,मुगुको रारा ताल नजिकैको राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रको छायानाथ रारा नगरपालिका ३ गंगी चौरको रुखमा झुण्डिएको अवस्थामा एक अपरिचित व्यक्तिको शव भेटिएको छ। सोमबार दिउँसो स्थानीयले निकुञ्जभित्र घाँस दाउरा गर्ने क्रममा रुखमा झुण्डिएको अवस्थामा शव देखेको हुन्। रारा ताल घुम्न आएको ब्यक्तिको शव हुन सक्ने आशंका स्थानीयले गरेका छन्। स्थानीयले रुखमा झन्डिएको अवस्थामा शव देखेपछि तत्कालै राष्ट्रिय निकुञ्जको सुरक्षा खटिएको नेपाली सेनालाई जानकारी गराएका थिए। सेनाले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक डेगेन्द्र शर्माले बताए। ‘शवको अवस्था हेर्दा घटना सोमबार नै भएको हुन सक्ने अनुमान गरेका छौं’ उनले भने, ‘झुण्डिएको अवस्थामा फेला परेका व्यक्तिको साथबाट परिचय खुल्ने कुनै कागजात नभेटिएकाले परिचय खुल्न सकेको छैन।’ झुण्डिएको अवस्थामा फेला परेको शव अहिले जिल्ला अस्पताल मुगुमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

थाहा साभार





error: Content is protected !!