राती १० वजे पछि भैली र देउसी खेल्न नपाईने

जाजरकोट ः यहाँको सुरक्षा समितिको वैठकले तिहार अवधि भर देउसी भैली र अन्य नाँच गानका कार्यक्रमहरु राती १० वजे भित्र गर्न निर्देशन दिएको छ । शान्ति सुरक्षालाई मध्य नजर गदै सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । अन्य पटाका , भईचम्फा , जस्ता वस्तुहरु समेत नपटकाउन समेत आग्रह गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा लाग्ने स्थानीय मेलामा शान्ति , सुरक्षा र जनधनको क्षेति हुँन नदिन सुरक्षा व्यवस्था कडा बनाएको प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा समितिका अध्यक्ष ललितकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै जिल्ला स्तरको प्रहरीका काम कारवाही र जनस्तरमा सम्वन्ध विस्तारका लागि एक समन्वय समिति गठन गरिएको छ । समितिमा जिल्ला समन्वय समितिका सयोजक , प्रमुख जिल्ला अधिकारी लाई सल्लाहकारमा राखिएको छ भने अन्य स्थानीय आमा समुह , संघ संस्था , बालक्लवको समेत सहभागिता रहेको छ । समितिमा सदस्यका रुपमा भेरीखवर मिडियाका सम्पादक तथा नेपाल पत्रकार महासंघका सचिव हेमन्त केसी रहनुभएको छ ।





error: Content is protected !!