हुम्लामा हिमपात, तापक्रम माइनस ६ डिग्री

उत्तरी नाम्खा गाउँपालिका, ६ मा हिमपात हुँदा माइनस ६ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आइतबार बिहानै ६ बजेदेखि हिमपात सुरु भएपछि तापक्रम माइनसमा पुगेको हो ।
डेढ फिटसम्म हिउ जमेसँगै चिसो बढेको छ । हिमपातसँगै नाम्खा गाउँपालिका हिमाल पारीको गाउँ लिमी र न्यालु लेक जाने बाटो बन्द भएको छ ।
आइतबार बिहानदेखि परेको हिउ डेढ फिटसम्म परेको स्थानीय पेम्बा ग्याल्बु तामाङले बताए । उनले भने, ‘हिमपात भएपछि किसान खुसी भएका छन् ।’ बाली लगाउने बेलामा हिउ परेकाले किसान खुसी भएका हुन् ।










