डोल्पामा उत्पादन भएका स्याउले पाएन बजार ?

सुकमाया थापा
डोल्पा ः हिमाली जिल्ला डोल्पाका स्याउले बजार नपाउँदा किसानहरु दुखी भएका छन । यहाँका ८ वटै स्थानीय तहका किसानले उत्पादन गरका स्याउले बजार नपाएको गुनासो बढेको छ । त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ३ का रङ्ग, जिउ र सुँ गाउहरु र ठुलीभेरी नगरपालिका अन्तरर्गतका जुफाल, डागी बाडा का गाउहरुमा बढी मात्रामा स्याउ उत्पादन हुने गर्दछन ।
प्राकृतिक भुगोलले ठगेको डोल्पा जिल्लामा भिराला जमिन उर्वरा शक्तिको बलौटे माटोको कमी भएका कारणले गर्दा स्याउ मात्र नभइ डोल्पा जिल्लामा उत्पादन हुने मुख्य बाली गहु, कोदो, मकै चिनु सिमि लगाएतका अन्न बालीहरुको पनि कमै मात्रामा उत्पादन हुने गर्दछ ।
कतिपय धेरै जसो ठाउँहरुमा आकाशे पानीको भरले खेति लगाउने गरीन्छ भिराले भुभागका कारणले गर्दा सिँचाइको अभाव रहेको हुदा बर्षा परेन भने खडेरीले कृषि उत्पादनमा कमी आइ डोल्पालि जनताको जन जीवन लाइ कति पय अवस्थामा प्रभाव पारीदिन्छ तर यो वर्षमा भने धेरै पानी परेर कृर्षि बालीहरुमा क्षति पु¥याइ फलफृल खेतिमा समेत असर गरेको एक किसानले बताएका छन् ।
अत्याधिक मात्रामा परेको अविरल बर्षाले गर्दा स्याउको बोटमै फुल झारेपछि गत बर्ष भन्दा कम मात्रामा स्याउ उत्पादन भएको किसानहरुले बताएका छन् । कम मात्रामा उत्पादन भएका स्याउले स्थानीय बजार नपाए पछि किसान चिन्तित बनेका छन । भदौ असोज तिर पाक्ने स्याउहरुले यो कात्तिकको सम्ममा बजार न पाएपछि स्याउ स्टोर रुममा थन्किएका छन ।
डोल्पा जिल्लामा सबै भन्दा बढि मात्रामा स्याउ जिउँ र रङ्गमा उत्पादन हुने गरेको रङ्गका एक कृर्षकले बताएका छन् । स्थानीय बजाहरुको पाइपर्ने ठाउ न भएको कारणले यो समय सम्म पनि स्टोर रुममै स्याउ थन्किएको जिउँ गाउँकि बिष्णु थापाले जानकारी दिनु भएको छ ।
स्थानीय बजारमा त्रिपुराकोट बजार जुफल बिमान स्थल र दुनै बजारमा पाइर्ने गाउँहरुबाट स्याउ बिग्रि बितरण गर्न किसानले बोकेर ल्याइ बिग्रीबितरण गर्ने र आफनो जिउँ गाउँमा त्रिपुरा कोट, जुफाल, र सदरमुकाम दुनै मा पाइ नपर्ने र बोकेर बेच्न लाइ बिमान स्थल जुफाल सम्म ल्याएपनि दिन भरी गरेर एक डोका स्याउ बिग्री गर्न गारो हुने भएको पनि थापाले गुनासो गर्नु भाएको छ ।










