जन्म मिति सच्याएर सरकारी जागिर

सञ्जय के सी
जाजरकोट , १४ कात्तिक ः जिल्ला समन्वय समितिका एक कर्मचारीले नागरिकता सच्याएर जारिर खाएको खुलासा भएको छ ।

नागरिकतामा जन्म मिति सच्याएर भेरी नगपालिका वडा ४ युरिगाउँका रामबहादुर डाङ्गीले जागिर खाएको तथ्य सार्वजानक भएको हो । उहाँको नागरिकतामा जन्म मितिमा २०१९ साल १० ÷१५ गते उल्लेख छ । २०२८ भदौ १७ गते ८७ नम्वरको नागरिकता लिएको भनि उल्लेख छ । नागरिकतामा नागरिकता दिने अधिकारीको सही नभएपछि प्रशासनले आफ्नो तथ्यांक भिडाएको थियो ।

नागरिकतामा भएको मितिको विबरण पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले थप अनुसन्धान थालेको जनाएको छ ।
२००९ साल लाई सच्याएर २०१९ साल बनाएको उहाँमाथी आरोप लागेको छ ।

 

अहिले प्रशासनले छानमिन थालेको छ । उहाँले २०६७ सालमा जागिरबाट अवकास िलनुपर्ने देखिएपनि नागरिकतामा जन्म मिति सच्याएर लामो समय सम्म जागरि खाएको खुल्न आएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!