१८८ यात्रु बोकेको इन्डोनेसियाको लायन एयर दुर्घटनाग्रस्त

काठमाडौँ,
इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमान राडारको सम्पर्कबाट विच्छेद भएको थियो । जहाज समुद्रमा खसेको भेटिएको छ ।
जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना यात्रु रहेका छन् । बिमान जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका तर्फ उडेको थियो ।
भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताएका छन् ।










