वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका २५ कर्मचारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत कागजातका आधारमा एक सय ८४ जना महिलालाई कुवेत जान श्रम स्वीकृत दिइएकोमा मुद्दा दायर गरिएको हो ।
शुक्रबार २ जना बिचौलियासहित २७ जनाविरुद्ध शुक्रबार बिशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले बताए । २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म श्रम आर्थिक चलखेलका आधारमा एक सय ८४ जना महिलालाई श्रम स्वीकृती प्रदान गरिएको थियो । पछि कुबेत पुगेका महिलाहरु शोषणमा परेका थिए ।
आयोगले ७ अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ । जसमा हरिप्रसाद देवकोटा¸ दीपककुमार आचार्य¸ गणेश विक्रम शाह¸ दिनेश कुमार राई¸ पवित्रा श्रेष्ठ र रामप्रसाद ओली छन् ।
त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी¸ विष्णुहरी निरौला¸ दिलबहादुर खत्री¸ हेमराज पाण्डे¸ कर्णबहादुर नेपाली¸ केदार घिमिरे¸ मदन गिरी¸ खगेन्द्र पोखरेल¸ लक्ष्मीदेवी भूषाल¸ नगेन्द्रप्रसाद गौतम¸ रविन्द्र घिमिरे¸ रघुनाथ के।सी।¸ योगेन्द्र खत्री¸ केशवराज ढुंगानालाई पनि प्रतिवादी बनाइएको छ ।
कम्प्युटर अपरेटरहरु अमर महरा¸ चक्रबहादुर पराजुली¸डम्वर बहादुर विश्वकर्मा¸ धनवीरसिंह भाट¸ राजकुमार शाहीविरुद्ध समेत मुद्दा दायर भएको आयोगका सहायक प्रवक्ता कोइरालाले बताए ।
सो प्रकरढामा बिचौलियाको रुपमा काम गर्ने राजिवकुमार पञ्जियार र विकास थापालाई पनि मतियारको रुपमा मुद्दा दायर भएको छ ।










