त्रिपुरा सुन्दरी नगरपालिकामा मदिरा नियन्त्रणगर्ने प्रतिबद्धता

त्रिपुराकोट(डोल्पा)
हिमाली जिल्ला डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिमा मदिरा नियन्त्रणगर्ने प्रतिबद्धता गरिएको छ ।
स्वस्थ,सभ्य,सदाचारी र अपराधमुक्त समाज निर्माण अभियान भन्ने शिर्षकमाजिल्ला प्रशासन कार्यालय डोल्पाले गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेकाहुन् ।
त्रिपुरा सुन्दरी नगरपालिमा सम्पन्न गरिएको सो कार्यक्रममा बोल्दै नगरप्रमुख ओम बहादुर बुढा सहित नगरका ११ वटै वडा अध्यक्षहरुले नगरलाई मदिरा निशेधित वडा बनाउने प्रतिबद्धता गरेकाहुन् ।
मदिरा तथा जुवातासलेनै समाजमा सबैखाले अपराधलाई बडाउने भएकाले सभ्य र शान्त गाँउ,समाजमा निर्माणकालागि मदिरा नियन्त्रणगर्ने जनाईएको जनप्रतिनिहरुले जानकारी दिए ।
मदिरा नियन्त्रणकालागि नगरका बिभिन्न स्थानमा मदिरा निशेधित होडिङबोर्डहरु राखिने नगर प्रमुख ओम बहादुर बुढाले जानकारी दिए ।
जनप्रतिनिधि,राजनितिकदल,उद्योगी,ब्यापारि,सुरक्षाकर्मी,बुद्धीजिवि,संञ्चारर्मी लगाएत सरोकारवालाहरुको उपस्थितिमा गरिएको सो कार्यक्रममा समाजमा अशान्ति,द्धन्द मच्चिनुको मुलजडनै मदिरा लागुऔषध भएकाले घरेलु,शिलबन्दी सबै प्रकारका मदिरा तथा लागुऔषधलाई नियन्त्रणगर्नुपर्ने सरोकारवालाहरुले बताएका थिए
शिलबन्दी जस्तै घरेलु मदिरामा अल्कोहलकोमात्रा के कती हुन्छ जानकारी नहुनुकासाथै राज्यलाई करपनि नआउने भएकाले यसलाई बिशेष नियन्त्रण गर्नुपर्ने वडा अध्यक्षहरुले जनाए ।
घरेलु मदिरा दुर्गमका कतिपय महिलाहरुको रोजीरोटी र आयस्रोतसँग जोडिएकाले यसको नियन्त्रण बैज्ञानिक ढंगले गर्नुपर्ने कार्यक्रममा उपस्थिति महिला नेतृ काली चलाउनेले बताईन ।
“ठिक छ घरेलु मदिरा बन्द गर्नुपर्छ तर यसैलाई आयस्रोत बनाएका महिलाहरुको लगत संकलन गरेर नगरपालिकाले अन्य आयआर्जनका कार्यक्रमहरु ल्याईदियोस जसबाट उनीहरुको आर्थिकस्तर माथि उठ्न सकोस चलाउनेले”थपिन ।
त्रिपुरा सुन्दरी नगरपालिकामा बेलुकी ७ बजेपछि मदिरा बिक्रि बितरणमा रोक समेत लगाईएको छ ।
बेलुकी ८ बजे उता मदिरा सेवन गरेर सार्वजानिक स्थानमा हो–हल्ला गर्ने अशान्ति मच्चाउने जोकोहीलाई मदिरा नियन्त्रण ऐन २०२८ बमोझिम कारवाही गरिने बताईएको छ ।
प्रशासनको अभियान अत्यन्तै सान्र्धविक भएको र यसलाई पुर्णरुपमा कार्यन्वयनगर्न पनि प्रशासन दरिलो भएर प्रस्तुतहुनुपर्ने कार्यक्रममा उपस्थित समाजसेवी देबीकृष्ण उपाध्यायले बताए ।
सबैखाले मदिरा नियन्त्रणगर्ने कुरा देशब्यापि अभियाननै भएकाले डोल्पामा पनि यसको कार्यन्वयनकालागि स्थानीय तहहरुसँग समन्वय गरेर अन्तरक्रिया चलाईरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
यस्तो किसिमको अभियान प्रशासन प्रहरीमात्रैले चलाएर सफल नहुने भएकाले सरोकारवाला सबैको सर सहयोग आवाश्यक रहेको प्रजिअ थापाको भनाई छ ।
त्रिपुरा सुन्दरी नगरपालिकामा मदिरा नियन्त्रणकालागि बिना लाईसेन्सका ब्यापारिले मदिरा बेच्न नपाईने,१८ बर्ष मुनिका बालबालिका र गर्भवती महिलाई मदिर किनबेचगर्न नपाईने,खुला मदिरा बिक्रि त्रितरणगर्न नपाईने,मदिरा सेवन गरेर सार्वजानिकस्थलमा होहल्लागर्न नपाईने लगाएतका सात प्रकारका निर्णयहरु गरिएको समेत बताईएको छ ।रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!