नेकपाको ९ सदस्यीय सचिवालयमा ६ जना उपचुनावको विपक्षमाः बैठक शनिबारलार्इ सर्यो

काठमाडौँ । नेपाल कम्यनुनिष्ट पार्टी नेकपाको ९ सदस्यीय सचिवालयमा ५ जना सदस्य निर्वाचित सांसदलार्इ राजिनामा गराएर उपचुनाव गराउने विषयको विपक्षमा देखिएपछि आजका लागि बोलाइएको सचिवालय बैठक सारिएको छ । नेताहरूको व्यस्ततालार्इ कारण देखाएर बैठक सारिएको भनिए पनि सचिवालयमा रहेका मध्ये स्पष्ट रूपमा ५ जना र एक जना शान्त रूपमा विपक्षमा देखिएका छन ।
बैठक आगामी शनिबार २७ गते बिहानका लागि सारिएको छ । बर्दियाबाट जनताले पराजित गरेका सचिवालय सदस्य बामदेव गौतमलार्इ काठमाडौँ ७ बाट उपनिर्वाचन मार्फत संसदमा प्रवेश गराउने तयारी भएकोमा अध्यक्ष पुष्पकमल दाहाल, स्वयं वामदेव गौतम र महासचिव विष्णु पौडेल मात्र पक्षमा देखिएका छन । बाँकी सबै सचिवालय सदस्य विपक्षामा देखिएका छन ।
सचिवालयमा रहेका मध्ये उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरेलले सार्वजनिक रूपमै दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न नयाँ स्तरमा एकतावद्ध हुन अपिलगरेका छन । निर्वाचित सांसदलार्इ राजिनामा गराएर गौतमलार्इ संसदमा ल्याउने कुरामा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा विरूद्धमा रहेका छन । उनीहरूले अहिले बामदेव गौतमलार्इ बिधि र प्रक्रियाको ठाडो उलंघन गरेर संसद प्रवेश गराउनुपर्ने आवश्यकता नरहेको बताएकाछन ।










