प्रधानमन्त्रीसँग मन्त्री असन्तुष्ट भन्ने प्रचार समृद्धि रोक्न चाहने प्रतिक्रियावादीको अफवाह मात्र  बनमन्त्री बस्नेत

काठमाण्डौँ ः बन तथा बातावरण मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्री असन्तुष्ट भन्दै आफ्नो नाम प्रचार गराउने काम मुलुकको समृद्धि रोक्ने प्रतिक्रियावादीको अफवाह भएकोप्रष्ट पार्नुभएको छ ।

बनमन्त्री बस्नेत र उर्जामन्त्री बर्षमान पुन प्रधानमन्त्रीप्रति असन्तुष्ट रही राजीनामाको तयारी गरेको प्रचार बाहिर आएपछि बस्नेतले कुनैपनि मन्त्रीहरु प्रधानमन्त्रीप्रति असन्तुष्ट नरहेको र प्रधानमन्त्रीको स्पिरिटअनुसार अघि बढने अठोटसहित काम गरेको बताउनु भयो ।

‘प्रधानमन्त्री रातादिन काम गरिरहनु भएको छ, मन्त्रीहरुले उहाँको स्पिरिडअनुसार अघि बढने योजनासहित परिणामतर्फ लागेका छन, यतो बेला प्रधानमन्त्रीसँग मन्त्री असन्तुष्ट भन्दै प्रतिक्रियावादीले अफवाह फैलाइरहेका छन, कसैको इसारामा प्रधानमन्त्रीबिरुद्ध मन्त्री असन्तुष्ट भन्दै दुश्प्रचार नगर्दा राम्रो हुन्छ, हामीले राजीनामाहोइन, प्रधानमन्त्रीलाई पुर्ण रुपमा सघाउने र उहाँको योजनाअनुसार समृद्ध नेपाल निर्माण गर्ने हो,’  मन्त्री बस्नेतले भन्नुभयो ।

उहाँले नेपालमा केही बिदेशी शक्तिहरुको योजनामा सरकारमाथि निरन्तर आक्रमण भइरहेको र पछिल्लो प्रचार पनि यसैको कडी रहेको बताउनु भयो । ‘सरकारले अहिलेसम्म घरको आकार दिएको छ, फिनिसिंग पनि गरिरहेको छ, तर पुर्ण रुपमा काम सकिसकेको छैन, त्यसैले अव फिनिसिंग पनि भइरहेको छ, आकार आइसकेको छ, अव छिट्टै परिणाम आउँछ,’ बस्नेतले भन्नुभयो ।

उहाँले सरकार गठन भएको ६ महिनामै सवैकुरा हुनुपर्छ भन्ने मान्यता नै गलत भएको बताउनु भयो । ‘अपेक्षा धेरै होस भन्ने छ, यो स्वभाविक हो, तर सरकारले ६ महिनामा थुप्रै काम गरेको छ, परिणाम भने अव आउँछ, परिणाम आएन भनेर दुश्प्रचार गर्नेहरुले केही समयमै जवाफ पाउनेछन,’ मन्त्री बस्नेतले भन्नुभयो ।

मन्त्री बस्नेतले पछिल्लो समय सरकारलाई काममा अवरोध गर्न, बिचौलियाको काम अघि बढाउन, भ्रष्टाचार कायम राख्न यसप्रकारको प्रचार गराइएको र सो काममा ठुलै लगानी गरिएको बताउनु भयो । ‘कसैको दुश्प्रचारको पछि नलागौं, हामी प्रधानमन्त्रीकै योजनाअनुसार अघि बढेका छौं, कम्तीमा मेरो बिषयमा यस्तो लेख्दा मलाई चाँहि सोध्ने गरौं,’ बस्नेतको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!