सांसदको पहलमा विद्यार्थी बोक्दै एयरलाइन्स

 

डोल्पा, डोल्पाबाट निर्वाचित सांसदको पहलमा नेपाल एयरलाइन्सले डोल्पाली विद्यार्थी बोक्न शुरु गरेको छ ।

प्रत्येक वर्ष दशैँमा घर जानका लागि हवाई टिकटको सास्ती खेप्दै आएका डोल्पाली विद्यार्थीलाई मध्यनजर राखी आजदेखि नेपाल एयरलाइन्सले विद्यार्थी लक्षित अतिरिक्त उडान शुरु गरेको हो ।

“अघिल्ला वर्षमा दशैँमा घर जाने विद्यार्थीको नेपालगञ्ज विमानस्थलमा विचल्ली हुन्थ्यो, कतिपय विद्यार्थी हवाई टिकट नपाएरै दशैँमा घर जान पाउँदैनथे, यस्तो समस्याबाट छुट्करा दिलाउन यस वर्ष विद्यार्थीका लागि छुट्टै उडान गर्न लगाइएको हो” पुर्व शान्ति मन्त्री तथा बर्तमान सांसद सत्य पहाडीले बताउनुभयो ।
अध्ययनका लागि काठमाडाँै, पोखरा, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा गएका डोल्पाली विद्यार्थीको समस्यालाई मध्यनजर राख्दै सांसद पहाडी र राज्य मन्त्री धनवहादुर वुढापहलमा नेपाल एयरलाइन्सले पाँचवटा उडान र समिट एयरलाइन्सले तीनवटा उडान गर्ने व्यवस्था गरिएको छ ।

कूल पाँचवटा उडानका लागि उडान तालिका राखिएको नेपाल एयरलाइन्सले आज तीनवटा उडान गर्ने भनिए पनि दुईवटा मात्रै उडान गरेको छ । एउटा उडान जुफाल विमानस्थलमा हावा बढेका कारण रद्द गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

बुधबार नेपाल एयरलाइन्सले आज रद्द भएको एउटा उडानसहित थप दुईवटा उडान गर्ने ठाकुरले जानकारी दिनुभयो । विद्यार्थीलाई परिचयपत्रसहित नेपाल एयरलाइन्सको कार्यालय नेपालगञ्जबाट हवाई टिकट लिने व्यवस्था गरिएको बताइएको छ ।

समिट एयरले यही असोज २५, २६ र २७ गते एक–एक वटा गरेर कूल तीनवटा उडान गर्ने स्वकीय सचिव अन्जना पहाडीले बताउनुभयो । अघिल्ला वर्षमा हवाई टिकटको बहानामा कतिपय विद्यार्थी एयरपोर्टमै ठगिने गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!