नेपालमा मुटुरोगको जोखिम

नेपालमा नसर्ने रोगमध्ये मुटुरोगले जटिल अवस्था निम्त्याउँदैछ । मानिसका क्रियाकलाप, जीवनशैली, खानपान मुटुरोगको प्रमुख कारणको रूपमा देखापरेको छ । पहिला–पहिला जुन खालका मुटुरोग देखिन्थे त्यो विस्तारै कम हुँदै गएको छ । जस्तो बाथरोगबाट भल्ब बिग्रने रोगहरू पहिलेको तुलनामा कम हुँदै गएको छ । बाथमुटुरोग घाँटीको संक्रमण भएपछि हुने हो । घाँटीको संक्रमण समयमै उपचार भयो भने यो ठीक हुन्छ । बाथ धेरै किसिमको हुन्छ । मुटुको बाथ पाँच वर्षदेखि १५ वर्षसम्मका बच्चामा देखापर्ने गर्दछ । घाँटीमा विशेष किसिमको ब्याक्टेरिया हुन्छ । त्यसको संक्रमण भइसकेपछि बाथमुटुरोग निम्त्याउन सक्छ । बाथमुटुरोगमा सुरुमा घाँटीको संक्रमण हुन्छ । त्यो अवस्थामा ज्वरो आउँछ, ज्वरो ठीक हुन्छ । दुई तीन हप्तापछि खुट्टा, जोर्नीहरू सुन्निने, दुख्नेजस्ता लक्षणहरू देखापर्छन् । यसलाई बाथमुटुरोगको दोस्रो अवस्था मानिन्छ । तेस्रो अवस्थामा भल्बहरूलाई असर गर्न सक्छ । यसलाई मुटुको बाथ भनिन्छ ।
बाथमुटु रोग कम हँुदै गए पनि मुटुको नशा ब्लक हुने रोग भने बढ्दै गएको छ । हृदयघात सम्बन्धी रोगहरू बढ्दै गएको अवस्था छ । आर्थिकस्तर बढ्नाले मानिसको खानपिन, जीवनशैलीमा असर पारेको देखिन्छ । घरकोभन्दा रेष्टुरेन्ट, होटलहरूको खाना मीठो लाग्ने, दिनहुँ रेष्टुरेन्टमा गएर मादकपदार्थ, सुर्तीजन्य पदार्थ, चिल्लो बढी भएका खाद्य पदार्थ खाने गर्नाले पनि मुटुरोगको जटिलता बढ्दै गएको छ । यसले गर्दा मानिसको निष्क्रिय जीवनशैली अपनाउने क्रम बढेको छ । हामीहरू जहाँ जानुपरे पनि मोटरसाइकल वा गाडी चढेर हिँड्ने गर्दछौँ । यस्ता विविध कारणले गर्दा मुटुरोगको जोखिम पनि बढ्दै गएको छ । धुम्रपानको अत्यधिक सेवन, मध्यपानको नियमित सेवन, रक्तचाप बढ्दै जानु साथै सुगर देखापर्नु लगायतका समस्या मुटुरोगका प्रमुख कारण हुन् । यी कारणले गर्दा मुटुको नशालाई ब्लक गरिदिन्छ । यसले कोर्नियो हर्ट डिजिज र हृदयघात बढिरहेको छ ।
विकसित राष्ट्रहरूमा हृदयघात सम्बन्धी रोग स्थिर वा कम हुँदै गएको पाइन्छ । उनीहरूले मुटुसम्बन्धी जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । त्यहाँका जनता मुटुरोगबारे सजग भइसकेको अवस्था छ । मुटुरोगका जोखिम तìवहरू के के हुन् भन्ने थाहा पाएर समयमै ती कुराहरूलाई नियन्त्रण गरेको पाइन्छ । दक्षिण एसियाली मुलुकहरूमा भने हृदयघातजस्ता रोगहरू झन्झन बढ्दै आएको छ ।
गाउँघरमा पहिले पहिले मासुजन्य पदार्थ कम खान्थे, चिल्लो पिरो खाँदैनथे । राम्रोसँंग मासु खानलाई दशैं कुर्नुपर्ने अवस्था थियो । तर मानिसहरू आर्थिक रूपमा सक्षम हुँदै गएपछि खानपानमा ध्यान दिन छाडे । शरीरलाई निष्क्रिय राखे, नियमित हिँडडुल गर्दा सवारी साधन प्रयोग गर्न थाले । यस्ता विविध गतिविधिले गर्दा धेरै मानिस मुटुरोगको शिकार भएको पाइन्छ । तथापि अहिले नेपालमा कर्पोरेट लेभलमा काम गर्ने मानिसहरू सजग भइसकेका छन् । हामीहरू अलिकति मोटो भइसकेपछि स्वस्थ मानिस ठान्दछौं, यसले राम्रोसँग खाइपाइ आएको रहेछ भन्दछौं तर वास्तवमा जुन व्यक्ति दुब्लो छ, जसको पेट बढेको छैन, त्यस्तो मानिसहरू स्वस्थ हो भन्ने बुझाइ बढ्दै गइरहेको छ ।
मुटुरोग नियन्त्रणको लागि यसका जोखिमतìव के के हुन सक्छन् भनेर बुझ्नु आवश्यक छ । जोखिम तìवलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा जोखिम तìवलाई हामीहरूले परिवर्तन गर्न सम्भव छैन । जस्तै उमेर बढ्दै जानु, वंशाणुगत र मुटुरोग महिलाभन्दा पुरुषहरूमा बढी देखिन्छ । यी तìवहरूलाई परिवर्तन गर्न सकिँदैन । मुटुरोग लाग्ने धेरै तìवलाई हामीले परिवर्तन गर्न सक्दछौं । जस्तो ः धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन, अत्यधिक मात्रामा चिल्लो पदार्थ सेवन, उच्च रक्तचाप, मधुमेह छ भने सुगरलाई पनि नियन्त्रणमा राख्न सकिन्छ । यी मानिसको जीवनमा मुटुरोग लाग्न नदिन अपनाउने विषय हुन् जुन मानिसले चाहने हो भने गर्न सकिन्छ । निष्क्रिय जीवनशैली छ भने अलि सक्रिय बनाउनु पर्दछ । कुनै व्यक्तिमा मोटोपन छ भने त्यसलाई पनि घटाउनुपर्छ ।
मुख्यतया हृदयघात ४० वर्ष कटिसकेपछि हुने गर्दछ । पछिल्लो समय २० वर्षभन्दा माथि हृदयघात लागेर आएका मानिसहरू पनि धेरै छन् । तथ्याङ्कमा पनि विकसित मुलुकमा कम उमेरको मानिसलाई हृदयघात हुने जोखिम नेपालमाभन्दा कम छ । हृदयघात भइसकेपछि मुटुको काम गर्ने शक्ति कम हुने, सास फेर्न गाह्रो हुने, मुटुको चाल बन्द भएर ज्यान जानसक्ने खतरा पनि त्यत्तिकै मात्रामा रहेको हुन्छ । औषधि नियमित रूपमा सेवन गर्नुपर्ने भएकोले आर्थिक रूपमा पनि क्षति हुन्छ ।
धेरैजसो अवस्थामा मानिसले आफूलाई हृदयघात हुन लाग्यो भनेर थाहा पाउन सक्छ । त्यस अवस्थामा छाती दुखाइ अरु बेलाभन्दा फरक हुन्छ । देब्रे छाती ढुंगाले थिचेजस्तो दुख्ने, वाक्वाकी लाग्ने, देब्रे हात भारी हुने, चिटचिट पसिना आउने र केही गरे पनि निको नहुने भयो भने जान्नुपर्दछ कि मलाई हृदयघात हुनसक्छ । त्यस्ता लक्षण देखा पर्नासाथ नजिकको अस्पतालमा गइहालेर इसिजी गराउनुपर्छ । धेरैजसो अवस्थामा हृदयघात भएको इसिजीबाट थाहा पाउन सकिन्छ । कुनै व्यक्ति रिँगटा लागेर अचेत हुन सक्छ । कुनै व्यक्तिलाई सास फेर्न गाह्रो हुन्छ । कुनै व्यक्तिको पहिलो लक्षणमै ज्यान जान सक्छ । यसलाई सड्न कार्डियाक एरेष्ट ९मुटु बन्द हुने० भनिन्छ । ५० प्रतिशत मानिसहरू हृदयघात भइसकेपछि अस्पताल पुग्नै सक्दैनन् र बीचमै मृत्यु हुन्छ । उसको एक्कासी मुटु बन्द हुने गर्दछ । हिँड्दाहिँड्दैको मानिस ढल्नसक्छ । त्यसैले यस्तो अवस्था आउनुभन्दा पहिले आफूलाई मुटुरोगका जोखिमतìव छन् कि छैनन् भनेर ख्याल गर्नुपर्छ । सकेसम्म ती जोखिम तìवलाई नियन्त्रित गर्नुपर्छ । कतिपय अवस्थामा मुटुरोगको परीक्षण नगरी कुनै लक्षण पत्ता लगाउन सकिँदैन । त्यसैले समय समयमा परीक्षण गराउनुपर्छ । कुन स्तरको परीक्षण गर्ने भन्ने मुटुरोग विशेषज्ञले भन्दछन् । परिवारिक हिस्ट्री ९विवरण०, उमेर, लक्षण अनुसार चिकित्सकबाट परीक्षण हुन्छ ।
नेपालमा हृदयघात सम्बन्धी रोगहरूको दर पाँच प्रतिशत रहेको छ भने उच्च रक्तचाप २० देखि २५ प्रतिशतसम्म रहेको छ । हृदयघातले धनी र गरिब, ‘हाइ प्रोफाइल’ र ‘लो प्रोफाइल’ पनि भन्दैन । मुटुको जोखिमले जुन व्यक्तिलाई पनि असर गरिरहेको हुन्छ ।
मुटुको चाल गडबडी
मुटुको चाल गडबडी हुने रोग मुटुको एक किसिमको रोग हो । कुनै पनि मानिसको मुटुको चाल प्रतिमिनेट ६० देखि १०० सम्म चल्नुपर्छ । कुनै मानिसको चाल भने ६० भन्दा पनि धेरै कम हुन्छ जसको कारणले समस्या उत्पन्न हुन्छ । रिंगटा लाग्ने, बेहोस हुने लक्षण मुटुको चाल गडबढी हुने रोगमा हुन्छ । कसैकसैको चाल भने एक्कासी एकसय भन्दा बढी भएर मुटु ढुकढुक गर्ने हुन्छ । १०० भन्दा माथि भयो भन्दैमा सबै नराम्रो भन्न मिल्दैन । त्यो प्याथोलोजिकल हो कि फिजियोलोजीकल हो भन्नेमा भर पर्छ । मुटुको चाल धेरै बढी भएर गाह्रो भयो भने तत्काल उपचार गरिहाल्नुपर्छ । सुरुमा खुट्टाबाट तार पठाएर मुटुको चाल गडबढ गराउने तन्तु कहाँ छ भन्ने पत्ता लगाइन्छ र उपचार गरी ठीक ठाउँमा ल्याइन्छ । मुटुको चाल कम भएको अवस्थामा पेसमेकर राखेर मुटुको चाल कम हुन दिइँदैन । मुटुको चाल बढी भएर ज्यान जानसक्ने अवस्था आयो भने विशेष किसिमको व्याट्री ९आइसिडी० राखिन्छ । त्यसले मुटुको चाल अत्यधिक मात्रामा छ भन्ने थाहा पाउँछ । त्यसलाई करेन्ट दिएर ठीक पारिन्छ । पछिल्लो समय मुटुको चाल गडबढी भएर उपचार गराउन आउने मानिसहरूको संख्या पनि वृद्धि भइरहेको छ । नेपालमा यसको उपचार शहीद गंगालाल अस्पतालमा मात्र सीमित रहेको छ ।
महँगो मुटुरोग
नेपालमा मुटुरोगको उपचार महँगो छ तर पहिलेको तुलनामा केही सस्तो हँुदै आएको छ । जुन किसिमको शल्यक्रियामा पहिले जति खर्च लाग्दथ्यो अहिले त्यसको ५० प्रतिशत कममा उपचार हुन्छ । सरकारी अस्पतालमा मुटुको शल्यक्रिया गर्दा तीनलाख रुपियाँसम्म खर्च हुने गरेको छ । बाथरोगबाट भल्ब बिग्रिएकाहरू, १५ वर्ष मुनि र ७५ वर्ष माथिका नागरिक, विपन्न नागरिकहरूलाई सरकारले मुटु उपचारमा सहयोग पनि गरिरहेको छ । नेपाल बाहिरका अन्य देशमा भने मुटुरोगको उपचार अत्यन्त महँगो रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!