जाजरकोटमा नयाँ भाडा निर्धारण

सन्जय केसी
जाजरकोट ः यहाँको सदरमुकाम खलंगा बाट बाहिरीने र भित्रने सवारी साधनको भाडा दर निर्धारण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकाय बीच भएको छलफबाट नयाँ भाडा दर निर्धारण गरिएको हो । आज निर्धारण गरिएको नयाँ भाडाहरु वदलिदो समय अनुकुल बनाएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
खलंगा देखि काठमाण्डौ १ हजार ५ सय ४० , खलंगा — नेपाल गन्ज ५५० , खलंगा — सुर्खेत ४५०, खलंगा ख रिम्ना १२५ , खलंगा — पिपे ६०, खलंगा — चिसापानी २५०, खलंगा — छेडा १५०, गैरीखाली — पाँचकाटिया ३००, छेडागाड — थलह २५०, नलगाड — चिसापानी — तल्लु ३००, छेडा — सुवानाउली ३५० भाडा निर्धारण गरिएको प्रजिअ बस्नेतले जानकारी दिए । भाडामा मनपरी गरी यात्रुहरु ठगिएको गुनासो आएपछि प्रशासनले विहिबार यस्तो निर्णय गरेको हो ।
प्रशासनले आज सरोकारवाला निकायको उपस्थितीमा टिकटमा कहाँ देखि कहाँ सम्म जाने हो ठाउँ खुलाउनु पर्ने , गाडीमा भाडा दर लेख्नु पर्ने, सार्वजानिक ठाउँ , टिकट विक्री स्थलमा भाडा दर सुचना पाटीमा राखेर सार्वजानिक गर्नुपर्ने लगाएको निर्णय समेत गरेको छ ।
प्रशासन , यातायात व्यवसायी, स्थानीय सरकारका प्रमुख, पत्रकारको उपस्थिीतमा यो निर्णय गरेसंगै स्थानीयले भाडामा नठगिने भएका छन् । बर्षाका कारण भत्किएका सडकहरु १५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने स्थानीय सरकारका प्रमुखले बताएका छन् ।

निर्णयको पुर्ण पाठ सहित ।

निर्णय नं २ ः वर्षातको समयमा विभिन्न स्थानमा सडकहरु विग्रे भत्केका देखिएकोले वडादशैं, तिहार जस्ता ठूला चाडपर्वहरु नजिक आइरहेकोले यात्रुहरुको सुविधालाई समेत ध्यानमा राखी छिन्चु–जाजरकोट– खलंगा सडग खण्डमा सडक मर्मत, सुधार गर्न डिभिजन सडक कार्यालय, चौरजहारीलाई र अन्य स्थानका सडकको मर्मत सुधार गर्न सम्बन्धित स्थानिय तहलाई अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं ३ ः सम्वन्धित यातायात व्यवसायी प्रा।लि।ले आफ्नो रुट अनुसारको भाडादर सबै यात्रीहरुले देख्ने गरी सवारी साधन र टिकट काउन्टरमा समेत टाँस्ने निर्णय गरियो ।
निर्णय नं ४ ः हरेक यात्रीहरुको अन्तिम गन्तब्य समेत उल्लेख गरी टिकट काट्ने व्यवस्थागर्ने र क्षमता भन्दा बढी यात्रु नराख्ने निर्णय गरियो ।
निर्णय नं ५ ः तोकिएको भाडादर लागू भए नभएको ट्राफिक प्रहरी, सम्बद्ध व्यवसायी प्रा।लि।ले अनुगमन गर्ने र सो अनुसार नभए तत्काल कडा कारवाही गर्ने । साथै तोकिए भन्दा बढी भाडा लिइएको अवस्थामा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा खबर गरी सबैले सहयोग गर्ने निर्णय गरियो ।
निर्णय नं ६ ः रुट परमीट नलिएका एवं निजी सवारी साधनलाई यात्रु बोक्न नदिने व्यवस्थालाई कडाईका साथ लागु गर्ने ।
निर्णय नं ७ः पाँचकाटिया देखि नारेसम्मको सडकको सार्वजनिक यातायातको अस्थायी रुट सञ्चालनका लागि सिफारीश गर्ने ।





error: Content is protected !!