सुर्खेत झ्यामको नमस्तेको टावरमा सनिवार देखि खराबी आउँदा टेलीफोन सेवा अवरुद्ध

इन्द्र बुुुुढाथोकी
सल्यान, सुर्खेत सिम्तागाउँपालिका वडा न ३ झ्याममा रहेको नमस्तेको टावरमा खराबी हुदा त्यस क्षेत्रका नागरिक टेलीफोन सेवाबाट बन्चित भएका छन । झ्याममा रहेको नमस्तेको टावरमा बिगत शनिबार देखि समस्या देखिएको सुर्खेत सिम्ता गाउँपालिका ३ न वडा अध्यक्ष नहकुल बुढाले जानकारी दिनु भएको छ । गत साउन २५ गते पनि टावरमा समस्या आएको थियोे । पटकपटक त्यस
क्षेत्रमा रहेको नमस्तेको टावरमा खराबी आउँदा सुर्खेत सिम्ता गाउपालिकाको केन्द्र जामुुुने बजार वडा न १ को घोरेरी, २ न को काफलकोट, ३ न को आग्रीगाउ, ४ न को बजेटिचौर र सल्यान बनगाड कुपिन्डे नगरपालिकाको वडा न १ को नाम्रा,२ न को बामे घर्तिगाउ ,३ न को बामे औलबेशी लगाएतका वडा बासी टेलिफोन सेवा बाट बन्चित भएका छन । अध्यक्ष बुढाका अनुसार वडा कार्यालयहरुमा फोन सेवा अवरुद्ध हुँदा जनताहरुको प्रत्यक्ष बाहेक टेलीफोन बाट हुने काम प्रभावित भएको र जनताले दुख पाएको गुनासो सुनाउनु भएको छ । आफुले नेपाल टेलिकम कार्यालय सुर्खेत लाई बुझ्दा आफुहरुलाइ कुनै जानकारी नभएको र त्यसको बारेमा नेपाल टेलिकम कार्यालय बाके नेपालगन्जलाई जानकारी हुने बताएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ । यता सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ सामाजिक परिचालन बिरेन्द्र पुनका अनुसार आफ्नो कार्यालय र गाउँ घरका टोलहरुमा टेलिफोनले काम नगर्दा २र३ घन्टा हिडेर डाडाकाडा पुगेर टेलीफोन गर्नु पर्ने बाध्यता रहेको बताउनु भएको छ । आफ्ना आफन्त लगाएत वडाका काम काजको विषयमा कुराकानी गर्न पर्दा घण्टौ हिडेर डाडाकाडा पुगेर फोन गर्ना बाध्य भएको जानकारी दिएका छन । उता नेपाल टेलिकम नेपालगन्ज बाकेका
प्राबिधिक शिव खनालका अनुसार त्यस क्षेत्रमा प्राबिधिकहरुको टोलि पठाइसकेको र केमा खराबी आएको छ भने कुरा जानकारी नभएको बताएका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!