गृहमन्त्रीको राजीनामा माग्दै

वलत्कारी र सरकार विरुद्ध महिला संघको प्रदर्र्शन
प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

जाजरकोट, दुइ महिना अघि कन्चनपुरमा वलत्कार पछि हत्या गरिएकी १३ वर्षिया वालिका निर्मला पन्तका हत्यारालाइ कारवाहिको माग गर्दै नेपाली काँग्रैस निकट नेपाल महिला संघमा आवद्ध महिलाहरुले जाजरकोटमा विरोध प्रदर्शन गरेका छन् । घटना भएको दुइ महिना सम्म पनि अपराधीलाइ पक्राउ गर्न नसकेको भन्दै उनीहरुले गृहन्त्री रामवहादुर थापा वादलको राजीनामा माग्दै सरकार विरुद्ध चर्काे प्रदर्शन गरेका हुन् । सरकार र गृहमन्त्री विरुद्ध चर्का नारावाजी गर्दै जाजरकोटका महिलाहरुले देशमा सरकार र कानुन भएको अनुभुति गर्न नसकिएको भन्दै तिव्र आक्रोस व्यक्त गरे । जिल्ला सदरमुकाम खलंगामा विरोध जुलुस गर्दै उनीहरुले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । स्थानीय गैरीखालीवाट सुरु भएको उनीहरुले जुलुस नारा सहित जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्ले कार्ड, झन्डा र सरकार विरुद्ध चर्का नारा लगाउदै जिल्ला प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका उनीहरुले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र समेत वुझाएका छन् । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र वुझाउदै उनीहरुले कन्चनपुरकी वालिका निर्मला पन्त लगाएत देशका विभिन्न स्थानहरुमा वलत्कृत भएर हत्या गरिएकी वालिका र महिलाहरु एवम अन्य पिडामा परेका वालिका र महिलाहरुलाइ उचित न्याय दिन आग्रह गरेका छन् । आफुहरुले देशको शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था, वलत्कारीलाइ कारवाहि, र वालिका र महिलाहरुको अस्मीता रक्षा गर्न नसक्ने सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाइ ज्ञापन पत्र दिएको नेपाल महिला संघकी सचिव सरीता सिंहले वताइन् । उनले देशमा सरकार भएको कानुन भएको अनुभुति गर्न नसकिएको भन्दै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने वताइन् । महिला संघको सरकार विरोधी प्रर्दशनमा नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा आवद्ध महिलाहरु र नेपाली काँग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!