टावरका सामग्री ढुवानी कार्य ढिला गर्ने ठेकेदारको मन्त्रीले सातो खाएपछि

जाजरकोट , जाजरकोटको बारेकोटमा निर्माण हुँन थालेको टेलिफोन टावरका सामग्री लिन ढिला गरेको भन्दै सञ्चार तथा सुचना प्राविधि मन्त्री गोकुल वास्कोटाले सातो लिएका छन् ।

जाजरकोट सांसद गणेसप्रसाद सिंहले मन्त्री बास्कोटालाई टावर निर्माणमा ठेकेदारको लापरवाही भएको भन्दै मन्त्रालयमा गुनासो गरेपछि मन्त्रीले निर्माणको जिम्म लिएको कम्पनीको सातो लिएका हुँन् । हप्ता दिन भित्र काम सुरु नगरे कारवहीको भागीदार हुँन समेत मन्त्री बास्कोटाले चेतावनी दिएका छन् । निर्माण कम्पनीले हप्ता लिन भित्र काम गर्ने मन्त्रीलाई आस्वस्त पारेको सांसद सिंहले बताए ।

वर्षायाममा सडकको समस्य देखाउदै आलटाल गर्ने निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको समय सिमा हेरेर बस्ने , सो समयमा काम नगरे उचित कदम चाल्ने सांसद सिंहले बताए । जाजरकोट बारेकोटका जनताहरु फोन गर्न नपाएर हैरान भएको भन्दै उनले जनताको मागलाई सम्वाधेन गर्न आफु लागिपरेको बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!