दरबन्दीको ब्यवस्था नगरिए नगर बिरुद्द कडा आन्दोलन गर्नेे

बि पी डोल्पाली डोल्पा 
यहाँको एक माद्यमिक बिद्यालयले शिक्षक दरबन्दीको ब्यवस्था नगरिए नगर बिरुद्द कडा आन्दोलन गर्ने जनाएको छ ।
प्रस्ताबित माद्यमिक बिदालयको रुपमा संचालन हुदै आएको त्रिपुरासुन्दरी नगरपालिका वार्ड १ काटिँयाचौरमा रहेको त्रिपुरा माद्यमिक बिद्यालय काटिँयाचौरले शिक्षक दरबन्दीको माग राख्दै आन्दोलन गर्ने जनाएको हो ।
२०१७ सालमा स्थापना भएको जिल्लाकै पुरानो बिद्यालय त्रिपुरा माद्यमिक बिद्यालय २०६३ सालबाट प्रस्ताबित निम्न माद्यमिक र २०७१ बाट प्रस्ताबित माद्यामिक बिद्यालयको रुपमा समुदायको निजी खर्चबाट संचालन हुदै आएको छ ।
समुदायको नीजि खर्चबाट प्रस्ताबित निमाबि तहको पढाई गर्दै प्रस्ताबित माबिको रुपमा संचालन भईरहँदा समेत यस अघिको जिल्ला शिक्षा कार्यालयले पनि शिक्षक दरबन्दीका सम्बन्धमा चासो नदेखाएको र स्थानीय तह कार्यान्वयनमा आईसकेपछि पनि त्रिपुरासुन्दरी नगरपालिकाले दरबन्दी सम्बन्धमा कुनै चासो नदेखाएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देबिकृष्ण उपाध्यायले बताए ।
बिद्यालय ब्यवस्थापन समिति गाउँका जानमान राजनीतिकदलका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरु समेतको प्रतिनिधि मण्डलले त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढा र उपमेयर चन्द्रकुमारीलाई भेटेर तत्तकाल शिक्षक दरबन्दीको ब्यवस्था गरि दिन माग गर्दै माग पुरा नगएि नगर बिरुद्द कडा आन्दोलन गरिने नगरलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले शिक्षा बिभागबाटै दरबन्दी मिलान तथा रिक्त पदपुर्ति नमिलाए सम्म आफुहरुसंग दरबन्दी मिलान गर्ने कुनै बिकल्प नभएको बताए ।
निमाबि र माबि जस्तो कक्षा लामो समय सम्म शिक्षा कार्यालयबाट दरबन्दीको ब्यवस्था नगरि नीजि स्रोतबाट संचालन गर्नु मुर्खता भएको बताउदै बिद्यालय र बालबालिकाको भबिश्यलाई हेरेर बैकल्पिक ब्यवस्थाको लागि हदै सम्मको प्रयास गरिने मेयर बुढाले बताए ।










