चाउलेचौर र सानावनमा खानेपानी हाहाकार

काठमाण्डाँै– जाजरकोट नलगाड नगरपालिका ३, चाउलेचौर र सानावन गाउमा खानेपानीको हाहाकार भएको छ । गाउमा खानेपानीको आपुर्ती नहुदा स्थानीय बासिन्दा खोलाको दषित पानी पिउन वाध्य छन् । गत साउनमा आएको बाढीे पहिरोले खानेपानीको मुहान, टंकी, पाइप लगायत बगाएपछि ती गाउमा खानेपानीको हाहाकार भएको हो ।

बाढी पहिरोले गाउमा बर्षौंदेखि आपुर्ती हुदै आएको खानेपानी योजना बगाउदा स्थानीय शुद्ध पिउने पानीको सुबिधाबाट बन्चित भएका छन् । बाढीले ठुलामुल खानेपानी योजना, नया“ खोली खानेपानी योजना, बगरछाना खानेपानी योजना, नहकुली सिचाई तथा खानेपानी योजना लगायत ८ वटा खानेपानी योजनामा क्षेती पुर्याएपछि चावलेचौर तथा सानावन गाउका बासीन्दा र स्कुले वालवालिका आकाशे तथा खोलाको दुषित पानी पिउन बाध्य भएको स्थानीइ हर्कबहादुर विष्टले बताए । ३१ बर्ष अघि निर्माण भएका खानेपानी योजनालाई बाढीले बगाएको विष्टले बताए ।
खानेपानीको आपुर्ती बन्द भएपछि चाउलेचौर स्थित नेपाल राष्ट्रिय प्राथामिक र लालीगुरास प्राथामिक विद्यालयका दुई सय वालवालिकाले आकाशे तथा खोलाको पानी पिउन वाध्य छन् । त्यस्तै चाउलेचौर, भदाले र सानावनका दुई सय घरपरिवार पनि विगत १ महिनादेखि गाउ नजिकै वग्ने खोलाको दुषित पानी पिउने गर्दछन् । खानेपानीको आपुर्ती बन्द भएपछि कथितपय स्थानीयले आकाशे पानी संकलन गरेर खादै आएका छन् । ती गाउमा मान्छेलाई मात्र हैन, पशु चौपायालाई समेत पानी खुवाउन समस्या भएको छ । उनीहरु खोलाको धमिलो तथा आकाशे भर पर्ने गरेका छन् । आकाशबाट पनि पानी नपर्दा र खोला सुक्दै जान थालेपछि समस्या जटिल बन्दै गएको नलगाड ३ का मृर्षीबहादुर पुनले बताए । ‘परिवारमा एक जनाको काम दैनिक पानी ओसार्न मै वित्ने गरेको छ, बालबालिकाहरु पढाई छाडेर पानी ओसार्न ब्यस्त छन्’ उनले भने ।
‘खानेपानी अभावमा दैनिक सरसफाई, चर्पी प्रयोग लगायत कार्य गर्न पनि समस्या परेको छ । शुद्ध पानी नपाउदा आगुन्तुकले बास नबसेरै फर्कने गरेका छन,’ पुनले भने । पानीको अभावमा स्थानीयले खोला खोल्सा, जंगल लगायतमा खुला दिशापिसाव गर्ने गर्दा गाउमा दुर्गन्ध फैलिने गरेको छ । जस्का कारण झाडापखाला, आउ लगायत रोगको प्रकोप फैलिने अवस्था सृजना भएको पुनले बताए । नलगाड नगरपालिका र जिल्ला खानेपानी कार्यालयमा शुद्ध पानी आपुर्तीको तत्काल व्यवस्था गर्न माग गरेपनि सुनवाइ नभएको पुनले बताए ,कान्तिपुरमा भीमवहादुर सिंहले लेख्नुभएको छ । ।







