डोल्पाका किसान चिन्तित ः स्याउले वजार पाएन्

सुकमाया थापा
डोल्पा ः डोल्पा जिल्लामा बजार ब्यबस्थापन नहुँदा स्याउ कोल्डस्टोर मै थन्किएका छन् । जिल्लाको धेरै मात्रामा स्याउ उत्पादन हुने त्रिपुरासुन्दरी नगरपालीका वाड नं ३ स्थितका जिउ गाउँ र रङ्गक गाउँका स्थानीय कृर्षकहरुका स्याउले बजार नपाउदा कृर्षकहरु चिन्तित बनेका हुन ।
गत बर्ष भन्दा यो वर्षमा बर्षातका कारणले बोटमै फुल झारेपछि स्याउ कम उत्पादन भएको र बर्षातबाट बचेका स्याउले बजार नपाएपछी कृर्षकहरुमा निरास भएका हुन् । स्याउ ढुवानीको लागि मोररबाटो नपुगेको र हाल सञ्चालनमा आएको जुफाल विमानस्थलमा कहिले काँही मात्र हवाई उडान हुने भएकोले स्थानीय कृर्षकहरुका स्याउले बजार नपाएको बताएका हुँन् ।
यहाँका उत्पादित स्याउँ नेपालगन्ज सुर्खेत लागयतका शहरहरुमा माग भएता पनी हवाई उडान नहुँने कहिले काँही भएपनी यात्रु मात्र लिने भएकोले स्याउ फिर्ता गर्न बाध्य हुनु पर्ने एक किसानको गुनासो रहेको छ । डोल्पा जिल्लामा स्याउ खेती त्रिपुरासुन्दरी नगरपालीका ,ठुलीभेरी नगरपालिका,जगदुल्ला गाउँपालिका मुड्केचुला गाउँपालिका लगायतका ठाउँहरुमा गरिन्छ ।
डोल्पा उत्पादन भएका स्याउ लगायत अन्य फलफुल खेतीको बजार व्यवस्थापनमा स्थानीय निकायले खासै चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका यूवा सुशिल कुमार बोहोराले बताउनुलभयो ।
यसै बीच यो समयमा डोल्पाका विभिन्न ठाउँहरुमा अन्न बालीहरु भित्रयाउन किसानहरु ब्यस्त रहेका छन् । असोज कात्र्तिकमा पाक्ने मकै,चिनो, सिमि,फापर, कोदो लगाएतका बिभिन्न अन्नबालीहरु पाकेकाले खेतबारी बाट घरमा भित्र्याउन थालेका हुन ।





error: Content is protected !!