डोल्पा रूकुम जोड्ने खदाङ–त्रिवेणी सडक खण्ड अवरुद्ध

वर्षासँगै गएको पहिरोले दुई सातादेखि अवरुद्ध खदाङ–त्रिवेणी सडक खण्ड खुल्न सकेको छैन ।रुकुमको त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडकमा पहिरो गएपछि अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि आन्तरिक सवारी साधन लगायत सबै यातायात साधन ठप्प भएका छ। पहिरोले गर्दा पैदलयात्रु समेत सास्ती भोग्न बाध्य भएका छन्। पहिरो हटाएर यातायात सुरु गर्न सम्बन्धित निकायले चासो नदिँदा यात्रुहरु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् ।
जाजरकोट–डोल्पा सडक खण्ड निर्माण जिम्मा लिएको सेनाले पहिरो हटाउन चासो नदेखाएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्।
‘पहिला त्रिपुरा सुन्दरी नगरपालिका, ५ मा पर्ने हरियापानी बजारबाट गाडी पाइन्थ्यो, जिल्ला बाहिर आवत जावत गर्न सहज भएको थियो, अहिले गाडी भेट्न झन्डै एक दिन हिँडेर रुकुममा पर्ने त्रिवेणी बजार पुग्नु पर्छ’ त्रिपुरा सुन्दरी नगरपालिका, १ का जमान सिंह कठायतले गुनासो गरे ।







