प्रहरी द्धारा ठुलो परिणमको मदिरा जफत् ।

दिलमाया शाही जुम्ला
जिल्ला प्रहरी कार्यालय जुम्लाले ६ सय लिटर भन्दा बढी अवैध मदिरा बरामत्त गरेको छ । नजिकिदै गरेको बिजय दशमीलाई मध्य नजरगरेर प्रहरी कार्यालयले अवैध मदिरा बरामत्त गरेको हो । जुम्ला जिल्लामा दिन प्रति दिन बढी रहेका हिंसात्मक गतिविधि रोक्न प्रहरीले यस्तो अभियान थालेएको हो। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकको निर्णयले गत्त भदौ एक गते देखी अवैध मदिरा नियन्त्रण गर्ने निर्णय गरेको थियो । मदिराका कारण जुम्ला जिल्लाको शन्तिसुरक्षामा खलल हुने र अपराधिक गतिविधिहरु बढ्ने हुदा प्रहरी प्रशासनले मदिरा बिरुद्ध अभियान थालेको हो । पछिल्लो सयमा मदिरा ,जुवाताज घरेलु हिंसा बालबिवाहा लगायत समाजमा घट्न सक्ने दुर्घनालाई मध्यनजर गर्दै बिभिन्न अभियान संञ्चालन गर्दै आएको प्रहरीनायव निरिक्षक प्रकाश केसीले बताउनु भयो ।

उहाले भन्नु भयो यो भन्दा पहिला जिल्ला प्रहरी कार्यालयले अवैध मदिरा बिक्रिबितरण नगर्न भनि सर्वाजानिक रुपमा सुचना जारी गरेको थियो, उक्त सुचनालाई वेवास्था गरि अवैध रुपमा मदिरा बिक्रिबितरण गरेको पाइए पछि जफत गर्न बाध्य भयौ प्रहरीनायव निरिक्षक केसीले भन्नुभयो । उहाका अनुसार चन्दननाथनगरपालिकाको वडा नम्वर ६ बाट १८ वटा मदिरा बनाउन प्रयोग गरितने कच्चा प्रदार्थका ड्रम र २० लिटर रक्सी बरामत गरिएको छ ।
प्रहरी नायव निरिक्षक केसीले भन्नुभयो अरु भन्दा मुगाली समुदायका महिलाहरुले बढी मदिरा उत्पादन गर्ने गरेका छन ।यसरी उनिहरुले उत्पादन गरेको मदिराले समाजमा नकरात्मक प्रभाव पारेको हुदा आगामी दिनमा यसरी मदिरा उत्पादन तथा बिक्रिबितरण गरेको पाइएमा कानुनी कार्बाही गरिने बताइएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय जुम्लाले तातोपानिगाउपालिको हाकु लगायतका दुई तिन ठाउमा ठुलो परिणममा मदिरा जफत गरेको थियो । छिल्लो समय प्रहरीकार्यालयले जिल्ला भरीका प्रहरी चौकीहरुलाई पनि अवैध मदिरा बरामत गर्न निर्देशन दिएको बताएको छ ।





error: Content is protected !!